
बाजुराः जिल्लाको बुढीनन्दा नगरपालिकाले १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ठ प्रर्दशन गरेका खेलाडीलाई आज सम्मान गरेको छ । ७४ औं प्रजातन्त्र दिवसको अवसर पारी पदक बिजेता खेलाडीलाई नगद सहित सम्मान गरीएको जनाइएको छ । । १४ औं जिल्ला स्तरीय राष्टपति रनिङ शिल्डमा प्रथम र दोस्रो स्थान हासिल गर्ने खेलाडीलाई क्रमशः जनही १० हजार र ५ हजार नगद सहित सम्मान गरीएको नगरपालिकाले जनाएको छ । उक्त सम्मान कार्यक्रममा अन्य खेलाडी,खेल प्रशिक्षक लगायत ३७ जनालाई सम्मान गरीएको नगर प्रबक्ता जंगबिर रोकायाले बताउनुभएको छ ।
गत माघ १५ गतेदेखि एक हप्तासम्म जिल्लाको कोल्टीमा रहेको जनप्रकाश माविमा आयोजित १४ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा बुढीनन्दा नगरपालिकाले प्रथम स्थान समेत हासिल गर्न सफल भएको थियो । हिजो नगरपालिकाको दोस्रो नगरसभा तथा ९ औँ अधिबेशनमा पदक बिजेता खेलाडीलाई सम्मान गर्ने निर्णय गरीएकोमा आज एक कार्यक्रमका बिच पदक बिजेता लगाएत अन्य ब्यक्तिहरुलाई सम्मान गरीएको नगरपालिकाले जनाएको छ । १४ औं जिल्ला स्तरीय राष्टपति रनिङ शिल्डमामा नगरपालिकाले प्रथम स्थान हासिल गरेको प्रति खुसी ब्यक्त गर्दे आगामी दिनहरुमा नगरपालिकाको खेल क्षेत्रको बिकाशको लागी आफु सधै लागीपर्ने नगर प्रमुख जनक कुमार बोहराको भनाई रहेको थियो ।
उक्त पदक बिजेता खेलाडीलाई सम्मान कार्यक्रममा नगर उपप्रमुख रामबहादुर बोहरा, कार्यपालिका सदस्य,वडाध्यक्षहरु, विभिन्न विद्यालयका विब्यस अध्यक्ष, प्रधानाध्यापक, सुरक्षकर्मी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो । भने उक्त कार्यक्रमको संञ्चालन बुढीनन्दा नगरपालिकाका कर्मचारी महेश कार्कीले गर्नुभएको थियो ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर