
बाजुराः बाजुरा जिल्लामा रहेका सरकारी तथा गैरसरकारी कार्यालयको अर्धवार्षिक समिक्षा गरिएको छ । जिल्ला समन्वय समिति बाजुराको आयोजनामा बाजुरा जिल्लामा संघ, प्रदेश र स्थानिय तहका रहेका सरकारी तथा गैरसरकारी कार्यालयहरुको आर्थिक वर्ष २०८०/०८१ को साउनदेखि माघ मसान्तसम्म गरेका कार्यहरुको समिक्षा गरिएको हो ।
समिक्षा कार्यक्रममा संघ, प्रदेश र स्थानिय तहका सरकारी तथा गैरसरकारी कार्यालयले वर्ष २०८०/०८१ को साउनदेखि माघ मसान्तसम्म गरेका कार्यहरु बारे जानकारी सहित प्रगति विवरण पनि प्रस्तुत गरेका छन् ।सुशासन कायम गर्नका लागि जिल्ला समन्वय समितिको निरन्तर कार्यक्रम अन्तरगत सरकारी तथा गैरसरकारी कार्यालयहरुले गरेका कार्यहरुको अर्धवार्षिक समिक्षा गरिएको निमित्त जिल्ला समन्वय अधिकारी दिपेन्द्र पाण्डेले जानकारी दिए ।
कार्यक्रममा अर्धवार्षिक समिक्षा सहित बाजुरा जिल्लामा भैरहेका, प्रत्यक्ष मानव जीवनसंग जोडिएका कार्यहरुको समस्या तथा चुनौती र समस्या समाधानको विषयमा पनि छलफल गरिएको जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायाले बताए । पुर्व प्रतिनिधि सभा सदस्य लाल बहादुर थापा प्रमुख अथिति रहेको कार्यक्रममा समन्वय उपप्रमुख लाछु सार्की, प्रमुख जिल्ला अधिकारी भिमाकान्त पौडेल, स्थानिय तहका प्रशासकिय प्रमुख, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिलगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर