• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 01, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

खेल क्षेत्रले मानिसलाई संसारमा परिचित गराउन सहयोग गर्दछः समन्वय प्रमुख रोकाया

खप्तड मालिका न्युज January 29, 2024 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

 गोबिन्द्र राज तिमिल्सेना,बाजुराः  जिल्ला समन्वय समिति बाजुरा प्रमुख तुलसीराम रोकायाले खेल क्षेत्रले मानिसलाई संसारमा परिचत गराउनमा ठुलो सहयोग गर्ने बताएका छन । आज कोल्टीमा आयोजना गरीएको १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्धघाटन कार्यक्रममा बोल्दै रोकायाले यस्तो बताएका हुन । कार्यक्रममा बोल्दै उहाँले खेल क्षेत्र एउटा यस्तो क्षेत्र हो,जसले मानिसले क्षणमै नसोचेको इज्जत कमाउन सक्ने बताउदै खेल क्षेत्रको बिकाशको लागी सबै तहका निकायहरुले उचित ध्यानमा राखेर अगाडी बढ्नु पर्ने समेत उहाँले बताएका थिए । बाजुरा जिल्ला राजनितिक क्षेत्रमा बदनामी भएतापनि खेल क्षेत्रको हिसाबले बाजुरा निकै प्रचुर सम्भावनाको जिल्ला समेत रहेको उहाँले बताए । जिल्लामा राजनितिकले हामी सबैलाई बदनामी तुल्याएको भएतापनि खेल क्षेत्रले हाम्रो शिर उचाईमा राख्न सहयोग गरेको बताए ।

 

कार्यक्रममा बोल्दै समन्वय प्रमुख रोकायाले एउटा गहिकिलो उदाहरण दिदै भने संसारमा परिचित हुनको लागी एउटा बिद्धान र खेलाडीले मात्रै संसारको परिचय गराउन सक्छ,अर्थात महान बिद्धान र खेलाडीहरुले संसारमा आफ्नो ठ्लो इज्तत कमाएका हुन्छन्,उहाँले बताए,थप कुराकानीमा जोड दिदै उहाँले भने भनिन्छ राजालाई एउटै देशमा मात्रै चिनिन्छ,बिद्धान सर्वत्र चिनिन्छ,त्यसैगरी खेलाडीहरु पनि बिश्वभर चर्चित रहने उहाँको भनाई रहेको थियो । खेलाडीलाई नचिन्ने प्राय बिश्वभर कमै मात्रामा मानिसहरु भेटिने समेत उहाँले बताए । अहिले देशमा खेल क्षेत्रले उल्लेखनिय उदाहरण दिदै आएको बताउदै जिल्ला बाजुराको खेल क्षेत्रको समग्र बिकाशको लागी हातमा हात जोडेर अगाडी बढे मात्रै थप जिल्लाको खेल क्षेत्रको बिकाश गर्न सकिने बताए , अहिले जिल्लामा अन्य क्षेत्र भन्दा खेल क्षेत्रले सोचेजस्तो प्रगती गरीरहेको समेत उहाँले बताए । खेल भनेको देशको इज्तको लागी,ब्यक्तिगत इज्जतको लागी मात्रै नभई खेल क्षेत्रले मानिसको शारिरिक,तथा संबेगात्मक बिकाशमा पनि निकै सहयोग पुर्याउने उहाँले बताए,खेलले मानिसको स्वास्थ्यमा सुधार ल्याउनुका साथै मानिसलाई स्वच्छ,तन्दुरुस्त राख्न पनि यसले महत्वपुर्ण भुमिका खेल्ने बताए, अन्य क्षेत्रमा लागेका ब्यक्तिहरु भन्दा खेल क्षेत्रमा लागेका ब्यक्तिहरुको शारिरिक बिषेषताहरु पनि धेरै फरक पाइने उहाँको भनाई रहेको थियो ।

ब्यक्तिले शारिरीक तन्दुरुस्त हुनको लागी खेल क्षेत्रमा लाग्नुपर्ने कुरामा समेत उहाँले जोड दिएका थिए । कार्यक्रममा बोल्दै जिल्लामा पनि भनेजस्तो खेल क्षेत्रको लागी बिकाश नभएको कुरामा आफु निके दुखित रहेको उनले बताए,जिल्लामा राम्रा राम्रा खेलाडीहरु छन्,ति खेलाडीहरुको हामीले पहिचान गर्न समेत सकेका छैनौ, जिल्लामा खेल क्षेत्रमा रुचि राख्ने धेरै युवाहरुको जमात भएको भएतापनि जिल्लामा उचित गुणस्तीय खेल मैदानको ब्बबस्था नहुँदा खेलाडी प्रतिभाहरु पनि लुक्दै गएका उनले बताए । यदि जिल्लामा उचित गुणस्तीय खेल मैदानको ब्यबस्था भएको भए हामीले जिल्लामै कयौ नयाँ नयाँ खेलाडीहरु समेत उत्पादन गर्न सक्ने उनले बताए । जिल्लामा स्रोत साधको अभावले पनि जिल्लाको खेल क्षेत्रले सोचेजस्तो बिकाशको फड्को नमारेको उनल बताए। जिल्लामा रहेका सबै राजनितिक दलका प्रतिनिधिहरु पनि बढीजसो ब्यक्तिगत स्वार्थमा लाग्ने हुँदा जिल्लाको हरेक क्षेत्र पछाडी परिरहेको उनले बताए । यदि जिल्लामा खेल क्षेत्रको निकै बिकाश गर्ने हामी जति पनि राजनितिक दलका प्रतिनिधिहरु छौ सबैले ब्यक्तिगत स्वार्थमा नलागी जिल्लाको खेल क्षेत्रको बिकाशमा जोड दियौ भने जिल्लाको खेल क्षेत्रको मात्रै नभई अन्य क्षेत्रको पनि बिकाश गर्न सकिने उनले बताए ।

आजका युवा भोलीका देशका कर्णधार हुन,यि युवाहरुलाई खेल क्षेत्रमा तान्नु हामी सबैको दायित्व हो त्यसैले एक जनाले मात्रै नबोली सबैले जनाले खेल क्षेत्रको बिकाशमा आवाज बुलन्द गराउने हो भने जिल्लाको खेल क्षेत्रलाई थप मजबुत बनाउन सकिने उनले बताए । कार्यक्रका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य तथा नेपाली काँग्रेसेका महामन्त्रि ब्रदी प्रशाद पाण्डेयलाई उहाँले आग्रह गर्दे जिल्लाको खेल क्षेत्रको बिकाश गर्न यहाँ एक थुकि सुकी,भन्दा पनि सय थुकि नदी बनाउनु पर्ने बताए, खेल क्षेत्रको बिकाशको लागी तँपाई हामी सबैले लागे पछि मात्रै खेल क्षेत्र जोगाउन सकिने रोकायाले बताए । तपाईले पनि जिल्लाको खेल क्षेत्रको बिकाशको लागी संसदमा आवाज उठाउनु पर्ने कुरामा समेत उनले जोड दिए । जिल्लाको सबैभन्दा माथल्लो तहमा रहेका नेता कार्यकर्ताहरले आवाज उठाएको खण्डमा तल्लो तहका नेता तथा कार्यकर्ताहरुले त्यसै आवाज निकाल्ने समेत उनले बताए । जिल्लामा हरेक प्रकारका खेलाडीहरु छन्,ति खेलाडीहरुको पहिचान गरी तिनिहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरसम्म पुर्याउन सकियो भने जिल्लाको थप खेल क्षेत्रको बिकाश हुने उनले बताए । साथै जिल्लाको खेल क्षेत्रलाई थप सुधार गर्न गाँउ,गाँउ बस्ती,बस्तीबाट सबैले लागेको खण्डमा जिल्लाको खेल क्षेत्रको बिकाश गर्न सकिने उनको भनाई रहेको थियो ।

सम्बन्धित पोस्ट
  • यूएईविरुद्ध नेपालकाे राेमान्चक जित
  • बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा
  • ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन
  • देशका अधिकांश भागमा वर्षाको सम्भावना
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    समाचार

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    देशका अधिकांश भागमा वर्षाको सम्भावना

    आजदेखि ग्यासको मूल्य बढ्यो, डिजेलको घट्यो

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑