
टेक बहादुर बि.क, बाजुराः जिल्लाको बुढीनन्दा नगरपालिका कोल्टीमा रहेको जनप्रकाश माध्यामिक बिद्यालयको भवन जिर्ण अबस्थामा रहेको छ । बिद्यालयमा अहिले अर्धबार्षिक परीक्षा संञ्चालन भइरहेको छ तर कक्षा कोठाको अभाव तथा भवनको जिर्ण अबस्थाले बिद्यार्थीहरु खुला चौरहरुमा धुलोमा बसेर परीक्षा दिन बाध्य रहेका छन । २०१७ सालमा स्थापना भएको यो बिद्यालयको भवन अहिले पुरानो बन्दै गएको छ । बिद्याथीर्को चाप धेरै तथा कक्षाकोठाको अभावले अहिले बिद्यार्थीहरुले खुला चौरमा बसेर परीक्षा दिईरहेका छन । प्रतिनिधि सभाका सदस्य समेत रहेका माननिय ब्रदी प्रसाद पाण्डे तथा सांसद दयाल बहादुर शाहीको क्षेत्रतिरै गुणस्तरीय पुर्वाधारको निमार्ण हुन सकेको छैन,चुनावको बेला जिताएर संसदमा पुर्याएको भएपनि अहिले आफ्नै क्षेत्रको पुर्वाधारको बारेमा पनि चाँसो नदिएको त्यहाँका स्थानयिहरुले बताएका छन । गुणस्तरीय बिद्यालयको भवन समेत निमार्ण नहुँदा आफ्ना बालबालीकाहरुलाई पढाईमा निकै असर परेको स्थानयिहरुको भनाई रहेको छ । कक्षा १ देखि १२ सम्म पढाइ हुने यस विद्यालयमा १ हजार ४ सयभन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन। बिद्यार्थीको चाप धेरै छ,बस्नको लागी उचित कक्षाकोठाको समेत ब्यबस्था नहुँदा तथा सानै कोठामा धेरै बिद्यार्थीहरु राखेर अध्यापन गराउँदा बालबालीकाको शिक्षामा असर परेको बिद्यालयका प्रधानाध्यापक अनोजराज गिरीले बताएका छन ।

बिद्यालयमा अहिले अर्धबार्षिक परीक्षा संञ्चालन भइरहेको छ , उचित कक्षाकोठाको ब्यबस्था भएको भए बिद्यार्थीहरुलाई कक्षाकोठामै राखेर परीक्षा लगीन्थ्यो,तर बिद्यार्थीको चाप धेर। तथा कक्षाकोठाको अभाव र भवनको जिर्ण अबस्था हुँदा सबै बिद्यार्थीहरुलाई धान्न नसक्दा खुला चौरमैै धुलोमा राखेर परीक्षा लिनुपरेको प्रधानाध्यापक गिरीको भनाई रहेको छ । खुला चौरमा बसेर परीक्षा दिदाँ बिद्यार्थीहरुलाई निकै असर परेको उहाँ बताउनुहुन्छ । समय थोरै हुन्छ,प्रश्नको उत्तर चाँडो लेख्नुपर्ने हुन्छ, तर, धूलोमैलो भुइँमा बसेर लेख्दा हात छिटो चल्दैन र अक्षर पनि बिग्रन्छन्, बिद्यार्थीले जानेको कुरा पनि लेख्नै सक्दैनन् प्रधानाध्यापक गिरीको भनाई रहेको छ । ।जिल्लामा सञ्चालित ६४ वटा माध्यमिक विद्यालयमध्ये पूर्वोउत्तर क्षेत्रमा जनप्रकाश, सदरमुकाम क्षेत्रमा मालिका र दक्षिणी क्षेत्रमा भानोदय माध्यमिक विद्यालय पुराना र विद्यार्थी संख्याका दृष्टिले सबैभन्दा ठूला विद्यालय हुन् । सदरमुकाममा रहेको मालिका तथा भानाोदय माध्यामिक बिद्यालयहरुमा भौतिक पूर्वाधार ठीकठीकै भए पनि जनप्रकाशमा भने भौतिक पूर्वाधारको निकै अभाव छ । विद्यालयमा विद्यार्थी संख्या थेग्न नसक्नु अबस्थामा छ । अत्यधिक विद्यार्थी संख्या र भवन तथा कक्षाकोठाको अभावमा कक्षाकोठाभित्र परीक्षा सञ्चालन गर्न सम्भवै नहुने र खुल्ला चौरमा राखेर अहिले परीक्षा संञ्चालन गर्नुपरेको बिद्यालय स्रोतको भनाई रहेको छ । २०३३ सालमा निर्माण भएको एउटा जीर्ण भवन छ । त्यही आसपासको अवधिमा निर्मित दुई–दुई कोठा भएका अन्य पाँच भवन छन् । अघिपछि जस्तापाताले छाएका ती जीर्ण भवनका कोठाभित्र पठनपाठन हुने गरेको छ । सबै भवनमा साँघुरा कोठा छन् । पढाईमा पनि निकै समस्या हुने गरेको छ ।
संसदमा मान्छे भएपनि बाजुराका समस्याहरुको बारेमा चाँसो राखेर संसदमा बोल्ने मान्छेको कमि छ, बाजुराबाट प्रनिनिधि सभा सदस्य दुई जना रहेको भएपनि उहाँले सम्रग जिल्ला बाजुराको बिषयमा खासै प्रश्न उठान गरेको पनि पाइदैन्,जिल्ला बाजुरामा कहि पुर्वाधारको अभाव छ,कहि यातायात,संञ्चारको अभाव छ, अभावै अभावको बिचमा यहाँका नागरीकहरुले समस्या झेलीरहेका छन् । प्रतिनिधि सभाका दुबै सदस्यको क्षेत्रतिरै पुर्वाधारको अभाव हुँदा त्यहाँका नागरीक तथा बिद्यार्थीहरुलाई निकै असर परेको छ । आफ्नो क्षेत्रतिरको यस्तो समस्याको बारेमा संस्दमा उहाँले आवाज उठाएको भएपनि केहि राहत मिल्ने स्थानयिहको भनाई छ । यतिमात्रै होइन् यहि क्षेत्रबाट चुनाव जितेर गएका सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री नरेश कुमार शाही पनि यहि क्षेत्रतिरकै मान्छे हुन,खैत उहाँले आफ्नो क्षेत्रतिरको शिक्षाको गुणस्तर उकास्नु पर्छ भनेर बोलेको,चुनाव जित्नु अगाडी जनताको अगाडी ठुलाठुला बाचा देखाउने नेताहरु अहिले कता लुकेर बसेका छन्,किन बिकाशको बारेमा मुख पनि खोल्दैनन्, चुनावका बेला आश्वासन देखाउने नेताहरुले अहिले बिकाश गरेको भएपनि हुन्थ्यो नि, शिक्षालाई कमाइने खाने भाँडोको रुपमा प्रयोग गर्छन,जब चुनाव जित्छन अनि फर्के पनि गाँउतिर हेदैनन् त्यहाँका स्थानियको नभाई रहेको छ ।
प्रतिनिधि तथा प्रदेश सभाका सदस्यहरुकै क्षेत्रमा बिद्यालयहरुको हालत यस्तो भने अन्य पालिकाको गति के होला, एउटै बेन्चमा चार जना बिद्यार्थीलाई राख्नुपर्ने बाध्यता रहेको छ। सानो कोठामा कोचिएर बस्नुपर्ने बाध्यता उक्त बिद्यालयमा रहेको छ । जनप्रकाश मा.वि.मा सन् २०१५ तिर भारतीय दूतावासले विद्यालयमा होस्टेलसहितको भवन निर्माण गर्न ४ करोड ४४ लाख स्वीकृत गरेर तत्कालीन जिल्ला विकास समितिमार्फत काम सुरु गरेको थियो । ३ करोड ४९ लाखमा ठेक्का लिएका ठेकेदारले २ करोड ४४ लाख भुक्तानी लिएर बीचैमा काम छाडेर बेपत्ता भएपछि निर्माण कार्य अलपत्र परे छ । ‘अहिले फेरि १ करोड ९७ लाख रुपैयाँ दूतावासले दिने गरी भवन निर्माणको ठेक्का लगीएको छ । बिद्यालयको जिर्ण भवन तथा अपुग कक्षाकोठाले बिद्यार्थीको पढाईमा निकै असर परेको छ । बिद्यालयमा माथिल्लो क्षेत्रका चारै पालिकाका बिद्यार्थी लगायत छिमेकी जिल्ला मुगु,हुम्लाबाट पनि बिद्यार्थिहरु अध्ययनको लागी आउने गर्दछन्। बिद्यार्थी चाप अत्याधिक तर बिद्यालयमा कक्षाकोठाको अभाव,भवनको जिर्ण अबस्थाले बिद्यालयमा अध्ययनरत बिद्यार्थीको पढाईमा समेत निकै बाधा परीरहेको छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर