
मुक्तक १
जुनिभर दुख पिडा पाउनु नपराेस्
माया गर्ने मान्छे गुमाउनु नपराेस्।
छाेडेर नजाउ है सानू,कहिल्यै पनि,
फर्केर तिम्रो नजरमा आउनु नपराेस् ।।
मुक्तक २
ईच्छा चाहना सबै मरेर जान्छन्
आउछन् नजिक भुल गरेर जान्छन्
केही पाउला भनेर आशा,भराेसा लिई,
नपाई केही गहभरि आँसु भरेर जान्छन् ।।
मुक्तक ३
छातिमा नेपाली नाम छैन बाहिर गए हुन्छ
घामड सरकारकाे काम छैन बाहिर गए हुन्छ
किन खालि पशिना बगाउछाै देशका युवाहरु,
मेहेनत गरेकाे यहाँ दाम छैन बाहिर गए हुन्छ ।।
मुक्तक ४
भरेकाे हाेईन खालि चाहियाे भन्छ
ससुरालि गए शालि चाहियाे भन्छ
सुनसान भएकाे मनै पराउन्न उसले,
हल्ला खल्ला अनि तालि चाहियाे भन्छ ।।
मुक्तक ५
खाईरहु जस्ताे घरकाे उनकाे पानी मन पर्छ
कलिलाे बैशालु त्याे उनकाे जवानी मन पर्छ
अरु त देखि सहन्न मैले फनि हरबखत उनकाे,
टुनामुना लगाई हिड्ने उनकाे बानि मन पर्छ।।
मुक्तक ६
उर्लीदो याे साउने भेल तर नभर
छाेडिदेउ मलाई उता सर नभन
स्याहार देउ,गाेडमेल गर दिनहुँ ,
फुल्दै छु काेपिलामै झर नभन।।
मुक्तक ७
गोरी हाेईन उनी काली परिन् रे
माया लाउथे उनी जालि परिन् रे
नाता सम्बन्ध पनि कस्ताे हाे कस्ताे,
सुनन् उनी त मेरी सालि परिन् रे ।।
मुक्तक ८
चुस्छन जाेवनकाे रस अनि फालेर जान्छन्
गर्छन् नाथाथरि बहस अनि फालेर जान्छन्
प्यास नमेटुन्जेल देखाउछन् ठुलाठुला सपनाहरु,
बनाई जिन्दगि तहसनहस अनि फालेर जान्छन्।।
मुक्तक ९
रिसाए नि छाति दुख्दै प्यारि भनिन्थ्याे
तिर्खाए नि घाँटी सुक्दै प्यारि भनिन्थ्याे
भुल्न त कसरी सकिन्छ,मेरि सानुलाई,
उनकाे छातिभित्र लुक्दै प्यारि भनिन्थ्याे ।।
मुक्तक १०
आफैले आफैलाई मार्न सक्ने भए
तिम्लाई छाेडि एक्लाे पार्न सक्ने भए
जान्थे हाेला माया नभएको भएदेखि ,
तिमिबाट मुटु अन्तै सार्न सक्ने भए ।।
मुक्तक ११
हास्नु अनि रुनु बनाउछ मायाले
बेदनकाे तस्बिर छुनु बनाउछ मायाले
पलपल चाेट दिईरहदा जिन्दगिभर,
आशुले मात्रै मुख धुनु बनाउछ मायाले ।।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर