
बाजुरा/ जिल्लाको कोल्टी देखि धुलाचौर सम्मको जिप भाडा जिप ब्यबसायिहरुले मनोमानी तरीकाले लिने गरेको पाइएको छ ।प्रशासन कार्यालय बाजुराले ग्राभेल सडकहरुमा प्रति किलोमीटर १५ रुपैयाँका दरले २ सय ५५ रुपैयाँ भाडा कायम गरेको भएपनि कोल्टी देखि धुलाचौरसम्म चल्ने जिपहरुमा जिप व्यवसायीहरुले आफ्नो मनोमानी तरिकाले गाडी भाडा लिने गरेको यात्रुहरुले गुनासो गरेका छन ।
कोल्टी देखि धुलाचौर सम्मको दुरी १७ किलोमीटरमा जिल्ला प्रशासन कार्यालय बाजुराले भाडादर कायम गरेको भएपनि कोल्टी बाट धुलाचौर सम्मको गाडी भाडा जिप ब्यबसायिहरुले भने यात्रुलाई ५ सय रुपैयाँ गाडी भाडा लिने गरेको यात्रुहरुले बताएका छन ।धुलाचौर देखि कुवाडी सम्मको १२ किलोमीटर दुरीमा एक जना यात्रुलाई चार पाँच सयका दरले जिप भाडा यात्रुबाटजिप ब्यबसायिहरुल असुल्ने गरेका छन लिने गरेका छ्न।
लामो समय देखि हालसम्म गाडी भाडा नियम विपरीत तथा मनोमानी तरीकाले असुल्ने गर्दा यात्रुहरु मारमा परेका छन । कोल्टी देखि धुलाचौर क्षेत्रभित्र चल्ने जिपहरुमान मनोमानी तरीकाले भाडा असुल्ने गरीएको छ । यता जिल्ला प्रशासन कार्यालय बाजुरालाई बुझ्दा कुनै पनि जिप ब्यबसायिहरुले मनोमानी भाँडा असुल्ने गरेको भए उक्त गाडीको नम्बर टिपेर यात्रुहरुले जानकारी गराए तत्काल कार्बाही गरीने जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर