साबित्री रोकाया / बाजुराः जिल्लामा लामो समयसम्म हिँउदे बर्षा नहुँदा हिउदे बालीमा असर परेका छ । लामो समयको खडेरीका कारण पानी पर्न नसक्दा खेतबारीमा लगाइएको गँहु,जौ,मुसरो,लगायत अन्य बालीमा निकै असरको छ । हिउदै बाली लगाएको समयदेखि नै पानी नपर्दा हिउदे बालीमा निकै असर परेको स्थानियहरुले बताउने गरेका छन ।
संगै हिँउदे बालीले समयमै पानी नपाँउदा हिँउदे बाली उत्पादनमा ह्रास आउने चिन्ता बढेको स्थानियहरुले बताएका छन । खडेरीका कारण अधिकांश क्षेत्रमा लगाइएको हिउँदे बाली सुक्ने थालेपछि वर्षभरि परिवार पाल्ने चिन्ताले सताउन थालेको बडिमालिका नगरपालिका वडा.नं. ७ का स्थानिय दयाराम पाध्यायले बताएका छन । पहिलो बर्ष अलि थोरै भएतापनि हिँउदे बर्ष भएको थियो तर अहिले पौषको महिना सकिन लाग्दा पनि बर्षा नहँदा बालीहरुमा निकै असर परेको उहाँले बताए । जिल्लामा हिँउदे बालीको प्रमुख स्रोत भनेकै गँहु,जौ बाली हो,तर लामो समयसम्म खडेरी पर्दा गँहु जौ उत्पादनमा निकै ह्रास आउने कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ । केन्द्रका अनुसार पहिलो बर्ष समयमै अलिकता भएपनि हिँउदे बर्षा हुँदा खासै गँहु उत्पादनमा ह्रास नआएको भएतापनि यो बर्ष पुश महिनाको आधी महिना सकिदा पनि पानी नपर्दा गँहु जौ बाली उत्पादनमा ह्रास आउने केन्द्रले अनुमान गरेको जिल्ला कृषि ज्ञान केन्द्र बाजुराका निमित्त कार्यालय प्रमुख मिन प्रशाद जैशिले बताउनुभएको छ ।
बर्सेनि जिल्लालाई २८ हजार १ सय ५ मेक्ट्रिक्टन खाद्यान्न आवश्यक पर्छ । करिब १५ हजार मेट्रिक टन जिल्लामा उत्पादन हुन्छ भने १३ हजार मेट्रिक टन जिल्ला बाहिरबाट खरिद गर्नुपर्छ । अहिले हिँउदे बर्षा अहिलेसम्म नभएका कारण झनै उत्पादन खट्ने चिन्ता बढेको जैशीले बताएका छन । बिषेषत जिल्लामा हिँउदे बालीको रुपमा,गँहु,जौ,मास,मुसुरो,केराउ लगायत बालीको खेती गरीन्छ । यि बालीहरुलाई पानीको निकै आबश्यक पर्ने भएकाले सोचेृको समयअनुसार पानी नपर्दा यि बालीको उत्पादनमा हा्रस आउने देखिएको उहाँले बताएका छन । अहिलेको समय भनेको डाडापाखा सेताम्य हुने समय हो तर पाखो,बारी सुख्खा खडेरीले सुक्दै गएको बताएका छन । पृथ्विको तापमानमा बृद्धि हुनु,अनाबृष्ट्रि,अल्पबृष्ट्रि,जलवायु परिर्वतन हुनुका कारणले समयमै पानी पर्न नसकेको पनि उहाँले बताएका छन ।
पानी नपर्दा सुकेको गँहु बाली अब कसरी जोगाउने भन्ने चिन्ता स्थानिय लाई परेको छ । कतिपय खेतबारी सिँचाई सुबिधा भएको ठाँउमा भए पनि धेरै उत्पादन हुने गँहु बाली भएको ठाँउमा सिँचाई सुबिधा नहँुदा गँहुँ बाली सुक्दै गएको छ । गँहु बालीले समयमै पानी नपाँउदा बालीमा बिभिन्न किसिमका रोगहरुले पनि देखिन थालेका छन । गँहुको पात मा पहेलो सिन्दुरे रोगको पातको माथिल्लो सतह पुरै संक्रमण गरेको पाइन्छ । यो हुनुको प्रमुअ कारण भनेकै समयमै गँहु बालीले पानी नपाँउदा भएको स्थानियहर बताउछन् । ‘आकाशे झरी नहुँदा बीउ छरेका खेतमा बाली सप्रेको छैन,’ सप्रेको ठाँउको बालीहरु पनि बिस्तारे सुक्दै गएको स्थानियहरुको भनाई रहेको छ ।
लामो समयसम्म परेको खडेरीका कारण जिल्लामै गहुँ, जौ, उवा, केराउ, मसुरोलगायत बालीको उत्पादनमा निक्कै कमी हुने देखिएको छ । यसवर्ष खडेरीका कारण अधिकांश क्षेत्रमा लगाएको हिउँदेबाली सुकेर नष्ट भएपछि वर्षभरी कसरी परिवार पाल्ने हो भन्ने चिन्ताले सताउन थालेको जिल्लाको हिमाली गाँउपालिकाका स्थानियहरुले बताएका छन । एक त पाँलिकामा भने जस्तो समयमा पानी पनि पदैन थियो त्यसैमा अहिले झनै खडेरीले सताएको त्यहाँका स्थानियको भनाई रहेको छ । हिउदे बाली उत्पादनमा ह्रास आउने देखिएका कारण अब परिवार कसरी पाल्ने भन्ने चिन्ता बढेको त्यहाँका स्थानियहरुले बताएका छन । जिल्लाका सबै स्थानिय तहहरुमा अहिलेसम्म पानी पर्न भने सकेको छैन सिँचाई सुबिधा भएका स्थानिय तहहरुमा अलि राहत मिल्ने भए तापनि सिँचाई सुबिधा नपुगेका स्थानिय तहका स्थानयिहरुको लागी भने यो निकै चिन्ताको बिषय बनेको छ । आकासे पानीको भरमापर्ने स्थानिय तहहरुका बालीहरु भने झनै सुक्दै गएका छन ।कतिपय सिँचाइको सुविधा नभएका स्थानिय तहहरुका हिउँदेबाली पानी नपरेका कारण बाली सुक्दै जान थालेका छन ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर