
बाजुरा —संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सुदूरपश्चिमका ८८ पालिकाको वर्गीकरण गरेको छ । मन्त्रालयको वर्गिकरण अनुसार बाजुराको एक पालिका दुर्गममा समावेश भएको छ भने बाकी अन्य पालिका अति दुर्गममा समावेश भएका छन ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको नयाँ वर्गीकरण अनुसार बाजुराको सदरमुकाम मार्तडी स्थित बडिमालिका नगरपालिका दुर्गम अर्थात वर्गिकरण ‘ख’ मा समावेश गरिएको छ । त्यसैगरि बाजुराका खप्तड छेडेदह, गौमुल हिमाली, जगन्नाथ र स्वामिकार्तिक खापर गाउँपालिका अति दुर्गम पालिकामा समावेश भएका छन ।
त्यस्तै जिल्लाका त्रिवेणी, बुढिगंगा र बुढिनन्दा नगरपालिका पनि अति दुर्गम स्थानिय तहमा वर्गीकरण गरिएका छन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको वर्गीकरण अनुसार सुदूरपश्चिम प्रदेशका ८८ पालिका मध्ये ४ पालिका मात्रै सुगम क्षेत्रमा परेका छन ।
कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, टीकापुर नगरपालिका र कञ्चनपुरको भीमदत्त नगरपालिका वर्गीकरण ‘घ’ अर्थात सुगम पालिकामा राखिएको छ ।मन्त्रालयको नयाँ वर्गीकरण अनुसार सुदूरपश्चिमका १३ पालिका मध्यम, १३ पालिका दुर्गम र ४६ पालिका अति दुर्गममा परेका छन ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर