
बाजुरा/ खप्तड छेडेदह गाउपालिका वडा नं. ६ मैतोला घर भएका तथा नेपाल प्रेस युनियन बाजुराका पुर्ब प्रदेश पार्षद , पुर्ब रेडियोकर्मी, जयमालिका यातायात प्रा.लि बाजुराका महासचिव तथा उद्योग बाणिज्य संघ बाजुराका सचिव देबेन्द्र नाथको मृत्यु प्रती नेपाल प्रेस युनियन जिल्ला शाखा बाजुराले शोक ब्यक्त गरेको छ ।
पत्रकारिता संगै ब्याबसायिक रुपमा जिल्लाको बिकाश सवालमा चासो देखाउदै आएका नाथको अकल्पनिय निधन प्रती युनियन बाजुराले दुख ब्यक्त गरेको छ ।साथै मृतआत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारजन प्रती ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भन्दै श्रद्धाञ्जली ब्यक्त गरिएको छ ।
पत्रकारिता तथा ब्याबसायिक पेशा मार्फत जिल्लाको जनजिविकाको बिषय आवाज उठाउदै आएका तथा जिल्लाको बिकाश सवालमा चासो दिदै आएका नाथको मृत्यु प्रती युनियले दुख ब्यक्त गरेको प्रेस युनियन जिल्ला अध्यक्ष संगीता तिमिल्सेना द्वारा हस्ताक्षरित शोक बक्तब्यमा भनिएको छ ।
नाथको मिति २०८० पौष १२ गते बिहिबार गौमुल गाउँपालिकाको केन्द्र घटमुनाबाट सियाढुङ्गा जाँदै गरेको से १ ज ९८९ नं को जीप मालिवन भन्ने ठाउँमा अनियन्त्रित भई दुुर्घटना हुँदा मृत्यु भएको थियो ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर