
बाजुरा/ गौमुल गाउँपालिका अध्यक्ष हरीबहादुर रोकायाले बालबालिकाको शिक्षा दिक्षामा गुणस्तर ल्याउन सबैभन्दा पहिला अभिभावक जिम्वेवार बन्नुपर्ने बताएका छन । गाँउपालिका भित्र संञ्चालित रहेका बिद्यालयहरुको अनुगमन गर्ने क्रममा बिद्यालयमा अध्यनरत बिद्यार्थीहरुको चौर्तफी बिकाश तथा शिक्षामा गुणस्तर ल्याउन सबैभन्दा भन्दा पहिला अभिभावक जिम्बेवार बन्नु पर्ने उहाँले बताएका छन ।
पछिल्लो समयमा बालबालिकाहरुलाई बिद्यालय नपठाई घरतिरै काममा लगाउने प्रबृतिको धेरै बिकाश भएका कारण सबै अभिभावकहरुले आ आफ्ना छोराछोरीहरुको शिक्षामा गुणस्तर ल्याउन पहिला आफै जिम्वेवार बन्न जरुरी रहेको बताए । अभिभावकले नै बालबालिकाको शिक्षामा असर पुर्याए अरु कसैले पनि बालबालीकाको शिक्षामा गुणस्तर ल्याउन नसक्ने समेत बताएका छन । सबै अभिभावकहरुले सबैभन्दा पहिला आफ्ना बालबालीकाहरुलाई नियमित बिद्यालय लगाउन पनि उहाँले आग्रह गरेका छन ।हिजोका विद्यालयहरु आज परिवर्तन भईसकेकाले अब बालबालिकाको पढाई लेखाई सुधार गर्न सबै पक्ष लाग्न जरुरी रहेको भएतापनि अभिभावकले बढी भुमिका खेल्नुपर्ने उहाँको भनाई रहेको छ ।
गुणस्तरी शिक्षा सुधारका लागि गाउँपालिका र मानव शंसाधन केन्द्र एचआरसी बाजुराको साँझेदारीमा गरेका विभिन्न गतिविधीको संयुक्त अनुगमनका क्रममा बालबालिकाको जग बलियो बनाउँन आधारभूत तहबाटै लाग्न आवश्यक रहेको बताउँदै उच्च शिक्षासम्म पनि अध्ययनमा सफल हुने खालका विद्यार्थी जन्माउन प्रत्येक विद्यालयका शिक्षकलाई पालिका अध्यक्ष रोकायाले आग्रह गरेका छन ।अध्यक्ष रोकायाले बालबालिकाको अध्ययनलाई बलियो बनाउँन सर्वप्रथम अभिभावकले ध्यान दिनुपर्ने बताउदै ।आजका बालबालीका भोलीका कर्णधार भएका कारण सबै अभिभावकले समयमै आफ्ना बालबालीकाको गुणस्तरयि शिक्षा दिक्षाको बारेमा सोच्नुपर्ने उहाँले बताएका छन ।
पछिल्लो समय विद्यालयहरुमा विद्यार्थीको संख्या कम हुनुको कारण कतिपय घरको काममै ब्यस्त हुनु र कतिपय मान्छेहरु कामको शिलशीलमा बाहिर जान थाल्दा बिद्यालयमा किबद्यार्थीहरुको स.ख्या समेत घट्दै गएको बताएका छन । आफ्ना बालबालिकालाई कसरी शिक्षामा दख्खल बनाउने उनिहरुका अभिभावकले सोच्नुपर्ने उहाँको भनाई रहेको थियो ।बालबालिकको चारीत्रिक विकासका लागि सबैले आ आफ्नो क्षेत्रबाट उत्तिकै लाग्नुपर्ने समेत बताएका छन । आफ्नो कार्यकाल सम्म पालिकामा संञ्चालित सबै बिद्यालयहरुमा गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रबिधिको बिकाश समेत गर्ने अध्यक्ष रोकायाले बताएका छन । शिक्षाले मानिसको भबिष्य निर्धारण गर्ने तथा मार्ग देखाउने हुँदा अहिलेको समयमा शिक्षा निकै आबश्यक रहेको उहाँले बताएका थिए ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर