बाजुराः जिल्लामा संचालन हुदै आएका जय मालिका यातायात प्रा.लि बाजुराका जीपहरु आजको लागि बन्द हुने भएका छन । यातायात प्रा.लि.का महासचिव देवेन्द्र नाथको बिहीबार राति घटमुनाबाट सियाढुंगा जादै गरेको से १ ज ९८९ नम्बरको जीप काल्चे भीर नजिकै अनियन्त्रित भइ दुर्घटना भएर मृत्यु भएपछि शोक मनाउन एक दिन जीपहरु नचलाउने निर्णय गरेको जय मालिका यातायात प्रा. लि बाजुराले जनाएको छ ।
शुक्रबार सूचना जारी गर्दै यातायात प्रालिले सहासिक र लगनशिल युवा व्यवसायी गुमाएकाले शोक मनाएर उहाँको सम्मानका लागि एक दिन जीप सेवा बन्द गरिने उल्लेख गरिएको छ । जय मालिका यातायात प्रा.लि बाजुराका अध्यक्ष पृथ्वी रावलले हस्ताक्षर गरेको सूचनामा यातायात सेवा शनिबार बन्द हुने भएकाले सेवाग्राहीमा पर्ने असुविधाप्रति क्षमा मागेका छन्।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर