
बाजुराः सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवाले दुई वटा मोटरेवल पुलको शुक्रबार शिलान्यास गरेका छन् । प्रदेश मन्त्रालयको सहयोगमा त्रिवेणी नगरपालिका–८ र ४ जोड्ने मालागाड र बडीमालिका नगरपालिका २ मा पर्ने भौनेरा खोलामा पुल निर्माणका लागि शिलान्यास गरिएको हो ।
भौतिक पुर्वाधार मन्त्रालयले उक्त खोलामा दुई वर्षभित्र निर्माण कार्य सक्ने गरी एमके विल्डर्स कन्ट्रक्सनसंग सम्झौता गरेको छ । मन्त्रालयले कन्ट्रक्सनसंग मालागाड खोलाको पुलका लागि ९ करोड ९८ लाख र भौनेरा पुलका लागि १० करोड १५ लाख रुपैयामा निर्माण गर्ने गरी सम्झौता गरिएको भौतिक पुर्वाधार विकास कार्यालय अछामका सूचना अधिकारी यज्ञराज भट्टले जानकारी दिएका छन् । पुलको शिलान्यास कार्यक्रममा भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश देउवाले निर्माण कार्यको लागि सम्झौता गरेको कम्पनीले समयमै निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिएका छन् । उनले मन्त्रालयका तर्फबाट हुने काममा तत्पर रहेको र समयमै काम सम्पन्न हुने विश्वास मन्त्री देउवाले लिएका छन् ।
पुर्वाधार विकासका कमी भएकाले शहरमा पाउने सुविधा दुर्गम जिल्लामा कम भएकाले यसलाई प्रदेश सरकारले सुविधा गर्दै जानेमा प्रतिवद्धता जनाएका छन् । मन्त्री देउवाले तोकिएकै समयमा निर्माणका कार्य सम्पन्न गर्ने गरी प्रदेश सरकार लागेको दाबी गरेका छन् । बडीमालिका नगरपालिकाकी उप प्रमुख नन्दा थापाको अध्यक्षतामा संचालन भएको शिलान्यास कार्यक्रममा सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार मन्त्री प्रकाश देउवा प्रमुख अतिथी रहेका थिए । कार्यक्रममा अछाम जिल्लाका मानबहादुर रावल,प्रदेश सभा सदस्य मेघराज खड्का लगायत अतिथी रहेका थिए । वडा नम्बर २ का वडाध्यक्ष डम्बर महतले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन भौतिक पुर्वाधार विकास कार्यालय अछामका नायव सुव्वा यज्ञराज भट्टले गरेका थिए ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर