बाजुराः जिल्लाको गौमुल गाउँपालिका नजिकै मालिवनमा बिहीबार राति जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा खप्तड छेडेदह गाउँपालिका ६ मैतोला घर भएका जीप मालिका अन्दाजी ३८ वर्षीय देवेन्द्र नाथ रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । घटमुनाबाट सिया ढुंगा जादै गरेको से १ ज ९८९ नम्बरको जीप मालिवन भन्ने ठाउँमा अनियन्त्रित भई जीप दुुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक किशोरसिं ऐरीले जानकारी दिएका छन् । उनले दिएको जानकारी अनुसार जीपमा सवार जय मालिका यातायात प्रालिका काउन्टर इचार्ज मदन रोकाया घाइते भएको बताएका छन । घाइतेको उद्धार गरेर गौमुल गाउँपालिकाको घटमुना स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । जीप सडकबाट करिव दुई सय मिटर तल खोलामा खसेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धानका लागि प्रहरीको टोली घटनास्थल पुगेको छ ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर