
बाजुरा/ सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश देउवा भोलि बाजुरा आउने भएका छन् । प्रदेशका अति महत्वका दुई ठुला पुलको शिलान्यास गर्न बाजुरा आउन लागेको मन्त्रीको सचिवालयले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशबाट निर्माण भएका भौतिक संरचनाको उद्घाटन र निर्माण लागि ठेका भएका आयोजनाको शिलान्यासका लागि मन्त्री देउवा बाजुरा आउन लागेका हुन् ।उनले त्रिवेणी नगरपालिका ८ र ४ जोड्ने मालागाडमा बन्नका लागि सम्झौता भएको पुल र बडीमालिका नगरपालिका २ मा पर्ने भौनेराको पुल निर्माणका लागि शिलान्यास गर्न बाजुरा आउन लागेको मन्त्रीको सचिवालयका नृपबहादुर सुनारले जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार शुक्रबार विहान ११ बजे मालागाडको पुन निर्माणका लागि शिलान्यास गर्ने र दिउँसो २ बजे भौनेरा र ३ बजे जिल्लामा कार्यालय प्रमुखसंग भेटघाट ५ बजे बाजुराबाट अछाममा फिर्ता हुने कार्य तालिका रहेको सुनारले बताए । प्रत्येक वर्ष बाढीका कारण सवारी साधन नै ठप्प हुने गरेको मालागाड र भौनेरामा पक्की पुलको लागि ठेक्का भएर निर्माणको कार्य हुन लाग्ने भएपछि स्थानीय खुसी भएका छन् ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर