बल बहादुर बोहरा बाजुराः जिल्लाको बुढिनन्दा नगरपालिका वडा.नं. ८ चाफारुख सत्य माध्यामिक बिद्यालय नजिकै रहेको पाण्डुसैन स्वास्थ्य चौकिमा औषधीको अभाव भएको छ । स्थानियका अनुसार उक्त स्वास्थ्य चौकीमा सिटामोल पाँउन समेत मुस्किल परेको बताएका छन । स्वास्थ्य चौकीमा सामान्य सिटामोल समेत नहुँदा सामान्य टाँउको दुख्ने बिरामीहरुले सिटामोल समेत पाँउन सकेका छैनन् । स्वास्थ्य चौकीमा औषधी सकिएको लामो समय भइसक्दा पनि अझै औषधी पुग्न सकेको छैन । स्वास्थ्य चौकीमा सामान्य उपचार समेत नहुँदा स्थानिय लामो समय पैदल यउात्रा गरेर कोल्टी प्राथामिक तथा सदरमुकाम मार्तडी आउने गरेका छन । स्वास्थ्य चौकीमा औषधी नहुँदा भाँडा खर्च गरेर कोल्टी तथा मार्तडी धाँउनु परेको एक जना स्थानियले बताएका छन ।
स्वास्थ्य चौकीमा बिरामीको चाप दैनिक बढिरहेको भएतापनि र्चौकीमा औषधी नहँुदा स्थानिय बिना उपचार घर फर्किन बाध्य रहेका छन । स्वास्थ्य चौकीमा टाउको दुखाई कम गर्ने सिटामोल माग्न खोज्दा स्वास्थ्य चौकीका कर्मचारहरुले उल्टै फार्मसीबाट लगेर जानु भनेर जवाफ दिने गरेको स्थानियले बताएका छन । स्थानियहरु दुई,तिन घण्टाको पैदल यात्रा गरेर स्वास्थ्य चौकीमा पुग्छन् तर स्वास्थ्य चौकीमा औषधी नभएको खबर पाँउदा निराश भएर रित्तो हात घर जाने गरेका छन । कतिपय स्थानियहरुले यता स्वास्थ्य कार्यालय बाजुराले समेत औषधी नपठाई दिएको गुनासो समेत गरेका छन । स्वास्थ्य कार्यालय बाजुरालले औषधी पठाई दिएको भएतापनि अलि राहत मिल्ने त्यहाँका स्थानियले बताएका छन । स्वास्थ्य चौकीमा औषधीको अभाव भएको भएतापनि यता स्थानिय सरकार भने बेखबर रहेको पाइएको छ । पालिकाले पनि कुनै पहल अहिले सम्म नगरेको स्थानियले आरोप समेत लगाएका छन । तर नगरपालिकाले औषधी चाँडै स्वास्थ्य संस्थामा पुर्याउयने जनाएको छ । केहि समस्याका बाफजुत ढिला भएको भएतापनि अबको केहि दिनमै स्वास्थ्य चौकीमा सामान्य उपचार लगायतका अन्य सामाग्रीहरु स्वास्थ्य संस्थामा आइपुग्ने नगरपालिकाले जनाएको छ ।
स्वास्थ्य चौकीमा औषधीको अभावले बिरामीहरुलाई निकै दुःख गरेर प्राथामिक स्वास्थ्य केन्द्र कोल्टी, तथा सदरमुकाम मार्तडी सम्म पुग्नु पर्ने बाध्यता रहेको छ । स्वास्थ्य संस्थामा डाक्टरको समेत अभाव रहेको छ । अ.हे.ब को भरमा बिरामीहरु ले सेवा लिने गरेका छन । बुढिनन्दा नगरपालिका वडा नंः ७,८,९,१० वडाका सोवग्राहिहरुलाई स्वास्थ्य चौकीमा औषधी नहुँदा निकै सास्ती खेप्नु परेको छ । सिटामोल सम्मा बिरामीहरुलाई छैन । समान्य चेक जाँच गरेर बिरामीहरुलाई घर फर्काइन्छ जटिल उपचार को त सम्भव नै छैन किनकी समान्य सिटामोल समेत नपाइने स्वास्थ्य संस्थामा जटिल उपचार हुने सम्भव रहेन अनि कसरी हामीहरुले सेवा सुविधा पाउने स्थानियले बताएका छन । स्वास्थ् संस्थामा चाँडो भन्दा चाँडो औषधी उपलब्ध गराउन स्थानीय सरकार र प्रदेश सरकार को ध्यान जानु पर्ने त्यहाँका स्थानियको भनाई रहेको छ ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर