
साबित्री रोकाया, बाजुरा । जिल्लाको सदरमुकाम मार्तडी देखि कोल्टी सम्मको सडक निर्माण कार्यमा ढिलाइ भएको छ । दुई वर्ष अघि नै सम्पन्न हुनु पर्ने उक्त सडक निमार्णको कार्य अझै पुरा हुन सकेको छैन । समयमै निमार्ण कार्य पुरा नहुँदा यातायातका साधनहरु संञ्चालन गर्नमा निकै समस्या भएको छ। जिम्मा लिएका दुई वटा ठेकेदार कम्पनीको लापरबाही कारण सो सडक निर्माण कार्यमा ढिलाइ भएको पाइएको छ ।
तोकिएको समयमा ठेकेदार कम्पनीले काम नगर्दा सडक निर्माण कार्यमा ढिलाइ भएको बडिमालिका नगरपालिका वडा.नं ७ का स्थानिय गणेश राज तिमिल्सेनाले बताएका छन । तिमिल्सेनाले भने ‘ समयमै सडकखण्डको निमाणर््ा कार्य पुरा नहुँदा स्थानियहरुलाई निकै समस्या परेको बताएका छन । ठेकेदारहरुको चरम लापरवाहिका कारण समयमै निमार्ण कार्य सम्पन्न नहुँदा त्यहाँका स्थानियहरुलाई लामो समयसम्म पैदल यात्रा हिडेर बजार सम्म पुग्नु पर्ने बाध्यता रहेको उहाँले बताए । त्यतिमात्रै नभई बर्षातको समयमा झनै समस्या हुने गरेको बताएका छन । स्थानियहरुलाई सामान किन्नको निमित्त पनि लामो समयसम्म हिडेर बजार धाउनुपर्ने बाध्यता,गााउमा उत्पादित तरकारी लगायत अन्य सामाग्रीहरुको बिक्री बितरण गर्न पनि निकै समस्या,दैनिक खानपिनको उपभोग्य सामानहरु दाल,चामल नुन,तेल किन्न पनि बजार पुग्नु पर्ने बात्तध्यता त्यो पनि कठिन सडकको यात्रा पछि मात्रै पुग्न सकिने तिमिल्सेनाले बताएका छन ।
लामो समय बितिसक्दा पनि निमार्ण कार्य अझै सुस्त गतिमा चलिरहेको छ । यता बर्खाको समयमा अविरल बषातका कारण बाटो बन्द हुँदा सामान ढुवानी गर्न समस्या भएकोले तोकिएको समयमा सडक निर्माण गर्न नसकेको ठेकेदार कम्पनीले बताएका छन् । सामानको ढुवानीमा समस्या हुँदा समयमै निमार्ण कार्य पुरा हुन नसकेको निमार्ण कार्य जिम्मा लिएका दुई कम्पनी धुलिखेल ग्वाल्भा श्याम एन्ड शङ्कर प्रालि काठमाडौँ र बाँनीया कोटेश्वर जे.बि प्रालि हेटौडाले जनाएका छन । उक्त सडक निर्माणका लागि २०७६सालमा निमार्ण कार्यको जिम्म लिइएको थिायो भने २०७८ असारमै काम सम्पन्न गरीसक्नु पर्ने थियो तर भनेको समयमा काम सम्पन्न हुन भने सकिरहेको छैन।
सदरमुकाम मार्तडी बसपार्क देखि चुथीको झन्डै ९ किलोमिटर सडक कालोपत्रे गर्न २३ करोडमा धुलिखेल ग्वाल्भा श्याम एन्ड शङ्कर प्रालि काठमाडौँ र चुथी देखि ढम्कने सम्म् झन्डै ६ किलोमिटर र ढम्केने देखि कोल्टी सम्मको २६ किलो मिटर सडक बाँनीया कोटेश्वर जे.बि प्रालि हेटौडाले ६२ करोडमा जिम्मा लिएका छन् ।मार्तडी देखि कोल्टी सम्मको ४० किलोमिटर सडक कालोपत्रे गर्नका लागि ८५ करोडमा ठेक्का लिने ती दुई कम्पनीले २३ करोड भन्दा बढी पहिलो किस्ता भुक्तानी लिएको भौतिक पूर्वाधार विकास कार्यालय अछामका प्रमुख रुद्रबहादुर बोगटीले बताएका छन ।सदरमुकाम मार्तडी कोल्टी सडक निर्माण कार्य दुई बर्ष अघि नै सम्पन्न गरीसक्नु पर्ने भएको भएतापनि निमार्ण कार्यमा निकै ढिलाइ भएपछि अहिले ठेकेदार कम्पनीलाई चाँडो भन्दा चाँडो सडक निर्माणका लागि पत्राचार गरीएको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताउनुभएको छ ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर