बाजुरा: बाजुराका भुकम्प प्रभावित परिवारहरुका लागि पहिलो किस्ता वाफत निकासा भएको १४ करोड मध्य ८ करोड रकम फिर्ता गर्न राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ ।प्राधिकरणले मंसिर २५ गते जिल्ला प्रशासन कार्यालय बाजुरालाई पत्राचार गर्दै १४ मध्य ८ करोड रकम विपद् व्यवस्थापन कोषमा फिर्ता गर्न अनुरोध गरेको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बताएका छन् ।प्राधिकरणले बाजुराका भूकम्प प्रभावित लाभग्राहीहरुको अस्थायी आवास निर्माणका लागि मंसिर ४ गते पहिलो किस्ता वाफत १४ करोड रकम जिल्ला प्रशासन कार्यालय बाजुरामा पठाएको थियो ।
सदरमुकाम मार्तडीमा हिजो बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा प्रजिअ पौडेलले बाजुुराका भूकम्प प्रभावित परिवारहरुका लागि प्राधिकरणबाट पहिलो किस्ता वाफत निकासा भएको १४ करोड मध्य ८ करोड रकम फिर्ता पठाउन पत्र मार्फत अनुरोध आएको बताएका छन् ।बाजुराका भुकम्प प्रभावित लाभग्राहीहरुको संख्या अनुसार पठाएको उक्त रकम महिनौदिन वित्न लाग्दा समेत खर्च भएको नदेखिएपछि प्राधिकरणले फिर्ता पठाउन भनेको छ । प्राधिकरणले भुकम्प प्रभावित अन्य जिल्लामा थप रकम निकाशा दिनु पर्ने भएकोले बाजुरामा पठाएको १४ करोड मध्येबाट ८ करोड रकम विपद् व्यवस्थापन कोषमा फिर्ता पठाउन पत्राचार गरेको छ ।
बाजुरामा भुकम्प प्रभावितका लागि निकासा भएको १४ करोड मध्ये हिमाली गाउँपलिका बाहेक ८ वटा स्थानीय तहका १५ सय ९ जनाका लागि ३ करोड ७७ लाख २५ हजार रकम सम्वन्धित स्थानीय तहमा पठाईसकेको प्रमुख जिल्ला अधिकारी पौडेले बताएका छन् ।उनका अनुसार खप्तड क्षेडेदह–९ सय ६६, त्रिवेणी नगरपालिका– १ सय १३, गौमुल गाउँपालिका– ५५, बुढीनन्दा नगरपालिका– ६५, स्वामीकार्तिक खापर गाउँपालिका– ९, जगन्नाथ गाउँपालिका – ७४ र बडीमालिका नगरपालिकामा– २ सय २७ जना गरी जम्मा १५ सय ९ जनालाई जनही २५ हजारका दरले सम्वन्धित स्थानीय तहको खातामा पठाईएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।प्राधिकरणले असोज १६ गते बझाङ जिल्लालाई केन्द्र विन्दु बनाएर गएको भुकम्पबाट प्रभावित बनेका परिवारहरुका लागि पहिलो किस्ता वाफत सो रकम पठाएको थियो ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर