
बाजुरा– बाजुरा जिल्लाको सदरमुकाम मार्तडी बडिमालिका नगरपालिका वडा.नं.८ मा निमार्णधिन जिल्ला अस्पतालको प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशीले नवनिर्मित भवनको स्थलगत निरिक्षण गरेका छन् । आज उहाँले जिल्लाकै मुटु मार्तडीमा निमार्णधिन अबस्थामा रहेको ५० शैया अस्पतालको स्थलगत निरिक्षण गर्नुभएको हो ।
छिमेकी जिल्ला बझाङ बाट प्रतिनिधि सभाका सदस्य समेत रहेका जोशीले अस्पताल बाजुराको भवन निमार्ण कार्यको सम्पुर्ण चरण पुरा भईसके पछि संचालनमा आउने वित्तिकै अस्पतालमा आवश्यक पर्ने जनशक्ति र अन्य व्यवस्थापन गर्न सरकारसंग पहल गर्ने बताएका छन् ।संघिय बजेटको सहरी बिकास मन्त्रालय अन्तरर्गतको २६ करोड ११ लाख ६१ हजार ३ सय ३९ रुपैयाको लागतमा डाँफे लोहनी पिएस कन्ट्रक्सनले अस्पताल निर्माण कार्य गरिरहेको छ । अहिले भवनको करिब ९० प्रतिशत काम सकिसकेको र बाँकी रहेको काम धमाधम सुरु भईरहेको छ आउदो पुश मसान्तसम्म अस्पताल निमार्णको सम्पुर्ण कार्य पुरा भइसक्ने निर्माण कार्य जिम्मा लिएको डाँफे लोहनी पिएस कन्ट्रक्सनले जनाएको छ ।
अहिलेसम्म १५ शैयाको सेवा दिदै आइरहेको जिल्ला अस्पताल बाजुरामा ५० शैयाको अस्पताल संचालनमा आएपछि छिमेकी जिल्ला मुगु, हुम्ला लगायतका नागरिकहरुले समेत सहज रुपमा स्वास्थ्य सेवा पाउने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर कार्कीले बताएका छन् । जिल्ला अस्पताल बाजुरामा अहिले १८ जनाको स्थायी दरबन्दी रहेको छ ।अस्पतालको निरिक्षण गर्न सांसद जोशी संगै बाजुराबाट प्रतिनिधि सभा सदस्य समेत बनेका तथा नेपाली काँग्रेसका सहमहामन्त्रि समेत रहेका बद्री प्रशाद पाण्डेले पनि उक्त अस्पताल बाजुराको स्थलगत निरिक्षण गरेका छन ।
अस्पताल निमार्णको कार्य सम्पन्न भएपश्चात अस्पतालमा चाहिने दक्ष जनशक्ति तथा प्रबिधिको लागी आफुले पनि संसद कुरा उठाउने बताएका छन । त्यस्तै बाजुराबाट प्रदेश सभा सदस्य बनेका पदमबहादुर शाहीले पनि अस्पतालको स्थलगत अनुगमन गरेका छन । उहाँले पनि अस्पतालको बिकाशको लागी दक्ष जनशक्ति तथा आबश्यक प्रबिधिको लागी प्रदेशमा कुरा राख्ने बताएका छन । उक्त स्थल गत निरिक्षण कार्यक्रममा पूर्व संविधान सभा सदस्य महाँ नेपाली, प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल, डिएसपी कविन्द्रसिंह बोहरा, जिल्ला अस्पताल बाजुराका कार्यालय प्रमुख समिता पुन, काँग्रेस बाजुराका उपसभापति पदम बडुवाल, एमाले नेता काँशी बहादुर वि.क, नेकपा एस बाजुराका अध्यक्ष पुरबहादुर रावत, हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्ल, बडीमालिका नगरपालिकाका कार्यवाहक मेयर एंव वडा नम्वर ८ का अध्यक्ष चन्द्रबहादुर थापा, बुढीगंगाकी उपप्रमुख माया कुँवर, त्रिवेणी नगर उपप्रमुख कमला कुमारी न्यौपाने लगायतको सहभागिता रहेको थियो ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर