
बाजुराः बडिमालिका नगरपालिकामा नगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड पौष १ गतेबाट सञ्चालन हुने भएको छ ।आज नगरपालिकाले सूचना जारी गर्दै नगरभित्रका सामुदायिक तथा संस्थागत बिद्यालयहरु बिच हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगगिता पौष १ गते आइतबारबाट सञ्चालन गर्ने जनाएको छ ।
जिल्ला खेलकुद समितिको कार्तिक ३० गतेको पत्रानुसार आगामी पौष १५ गते भित्र नगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड सम्पन्न गरि खेलाडी छनौट गरि सक्नु पर्ने जनाएको थियो । सोहि अनुसार मंसिर २१ गते बसेको नगर खेलकुद विकास समितिको बैठकले नगरपालिकामा नगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड पौष १ गते बिहान ९ बजेबाट सुरु हुने प्रमुख प्रशासकिय अधिकृत देवेन्द्र सापकोटाले जानकारी दिएका छन् ।
उक्त नगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यस बर्ष पनि वडा नंः ८ मा रहेको मालिका माविमा सञ्चालन हुने भएको छ । उक्त प्रतियोगीतामा कक्षा ९ देखि १२ मा अध्ययनरत १८ बर्ष मुनिका खेलाडी बिद्यार्थीलाई प्रतियोगितामा सहभागी गराउनु पर्ने प्रकाशित सुचनामा उल्लेख गरिएको छ । त्यस्तै संलग्न फारम भरेर यहि मंसिर २९ गतेसम्म विद्यालयका खेलकुद शिक्षकमार्फत शिक्षा युवा तथा खेलकुद शाखामा बुझाउन सम्बन्धीत सबै विद्यालयलाई नगरपालिकाले सूचनामार्फत निर्देशन दिएको छ ।प्रतियोगितामा छात्रछात्रा भलिबल, छात्रछात्रा कबड्डी, छात्राछात्रा एथेलेटिक्स र छात्राछात्रा कराँते लगायतका खेलकुद सञ्चालन हुने भएका छन् ।
नगरपालिका द्धारा जारी गरीएको सुचना…
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर