
बाजुराः सामाजिक अभियान्ता,साहित्यकार तथा गायिका रिता शाही ऋृतुको दोस्रो गजल संग्रह (चिनारी) को बिमोचन कार्यक्रम सम्पन्न भएको छ । लामो समय देखि साहित्यिक पेशा लगायत सामाजिक कार्य,र गित संगितको क्षेत्रमा अहोरात्र खटिने शाहिको दोस्रो गजल संग्रह चिनारीको बिमोचन कार्यक्रम सम्पन्न भएको आयोजक वि.पि स्टडी युथ सर्कलले जनाएको छ । पिता धनबहादुर शाही र माता कृष्णादेबि शाहीको कोखबाट २०५५ सालमा बुढीनन्दा नगरपालिका ५ कोटिला जन्मिएकी शाहीको दोस्रो गजल संग्रह (चिनारी) को राजधानी काठमाडौ स्थित होटल अर्यालमा बरिस्ठ नेता एवम् सांसद डा.शेखर कोइरालाले बिमोचन गरेका हुन ।
भोककै कारण कसैले अकालमा मर्न नपरोस् भन्ने उदेश्य ध्यानमा राखेर दिनरात नभई दुखि,पिडितहरुको सहयोगको लागी सधै लागी पर्ने शाहीको दोस्रो कृति चिनारीको समिक्षा बरिष्ठ आख्यानकार ममता अब्दुलले गरेकी थिईन्। अब्दुलले शाहीको साहित्य कोशेली चिनारीले समाजको यर्थात चित्रण गरेको बताउदै यस कृतिमा माया प्रेमका कुरा मात्रै नभई राजनितिक र देशको परिवेश समेत समेटीएको बताएकी छन । काँग्रेसका संसदिय दलका प्रमुख सचेतक रमेश लेखकले रीता शनहीले सानै उमेरमा धेरै काम गरेको भन्दै प्रंशशा समेत गरेका छन । मानिसहरु २५ बर्ष सम्म आइपुग्दा पनि केहि गर्न सकेका हदैनन् तर शाहीले भने ठुलो सफलताको काम गरीसकेकी हुँदा आफु धेरै खुसी भएको बताएका छन । काँग्रेसका बरिष्ठ नेता डा. शेखर कोइरालाले रीता साहित्य मात्रै नभई सामाजिक कार्य र राजनितिक पेशामा पनि त्यति नै पोख्त रहेकी बताएका छन । पार्टीको १४ औ महाअधिबेशन केन्द्रिय प्रतिनिधि भएको बताउदै रीतामा राजनितिकमा पनि ठुलो भबिष्य रहेको समेत बताएका छन ।
रीताले सप्तरंगी साहित्य समाजको केन्द्रिय सहसचिवको रुपमा समेत काम गरीसकेकी छन, काँग्रेसको १४ औँ महाअधिबेशनको महाअधिवेशन प्रतिनिधि समेत हुन् । त्यतिमात्रै होइन नेसन पाटी डट.कम.मिडियामा सह सम्पादकको रुपमा समेत काम गरीसकेकी छन ।बाल अधिकार मंञ्च,बाजुरामा कोषअध्यक्षको रुपमा बिसं.२०६६ देखि २०६८ सम्म,त्यस्तै बाल अधिकार मंञ्चमा उपाध्यक्षको रुपमा बि.सं. २०६८ देखि २०६९ सम्म,जिल्ला किशोरी संञ्जालमा उपाअध्यक्षको रुपमा बि.सं.२०६९ देखि २०७० सम्म,लगायत अन्य बिभिन्न ठाँउमा सामाजिक अभियान्ता शाहिले काम गरीसकेकी छन । साहित्यकार शाहीको (तीतामिठा पलहरु( नामक गजल संग्रह यो भन्दा अगाडी बजारमा आइसकेको छ । सामाजिक अभियान्ता तथा साहित्यकार शाही बिभिन्न पुरस्कार बाट सम्मानित समेत भएकी छन । द्धारिका देबि ठकुरानी राष्ट्रिय सम्मान पुरस्कार,कोभिड १९ हिरो अवार्ड अमेरीकाबाट उनि सम्मानित भएकी थिईन ।
वि.पी.स्टडी युथ सर्कलले आयोजना गरेको उक्त बिमोचन कार्यक्रममा नेपाली काँग्रेसका बरिष्ठ नेता केन्द्रिय सदस्य सांसद डा.शेखर कोइराला ज्युको प्रमुख आतिथ्यमा नँया बानेश्वर,शंकलमुल जाने बाटो मा रहेको होटल अर्यालमा उक्त गजल संग्रहको बिमोचन कार्यक्रमको आयोजना गरीएको थियो । । उक्त बिमोचन कार्यक्रमको विशिष्ट अतिथि नेपाली काङ्ग्रेसका संसदीय दलका प्रमुख सचेत केन्द्रीय सदस्य सांसद रमेश लेखक रहेका थिए ।
उक्त बिमोचन कार्यक्रमको स्वागत मन्तब्य तरुणदलका केन्द्रिय सदस्य पशुपति पोखरेलले राखेका थिए । नेविसंघ केन्द्रीय सदस्य दिनेश शाहीले संञ्चालन गरेको कार्यक्रममा बिभिन्न राजनितिक दलका प्रमुख एवम् प्रतिनिधि,सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधि,बिभिन्न अनलाइन तथा मिडियामा कार्यरत पत्रकारहरुको बाक्लो उपस्थित रहेको थियो ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर