
बाजुराः जिल्ला प्रहरी कार्यालय बाजुरामा प्रविधिमैत्री सेवा क्युआर कोड उद्धाटन गरिएको छ ।प्रहरी कार्यालयले आफ्नो सेवा सुविधालाई छिटो छरितो, व्यवस्थित तथा प्रभावकारी बनाउन क्युआर कोड सेवा हिजोबाट प्रयोगमा ल्याएको हो । उक्त सेवा प्रयोगमा आएसंगै प्रहरी सेवा थप आधुनिकिकरण हुने र नागरिकका गुनासा तथा सुझाव सल्लाह तत्काल सम्बोधनमा सहयोग पुग्ने जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
यस सेवाले कार्यालयको सेवा छिटो छरितो हुनुका साथै नागरिकका गुनासा, रचनात्मक सुझाव सहजै सुनुवाई हुनुका साथै शान्ति सुरक्षामा समेत सहयोग पुग्ने बाजुरा प्रहरी प्रमुख कविन्द्रसिंह बोहराले बताएका छन ।उनले भने अबदेखि नागरिकलाई आफ्ना सुझाव, गुनासा, उजुरी वा निवेदन दिन कार्यालयमै पुग्नु पर्ने बाध्यता टरेको छ । उक्त क्युआर कोड बाटै सबैले आफ्ना गुनासाहरु राख्न पाइने प्रहरी प्रमुख बोहराले बताएका छन । प्रहरी कार्यालय बाजुराले जनाएको छन ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर