
बाजुरा : सरकारले सुत्केरी हवाइ उद्धार कार्यक्रम सञ्चालन गरेपनि बाज्ुराका सुत्केरी आमाहरुले भने अझै बाटोमै बच्चा जन्माउने गरेका छन । अन्य ठाँउहरुको लागी सुत्केरी हवाई उद्धार कार्यक्रम प्रभावकारी भएता पनि बाजुराका आमाहरुलाई भने यो खासै प्रभावकारी रहेको पाइदैन । बेलाबेला सुत्केरी आमाहरुले बाटोमै बच्चा जन्माउने गरेको पाइन्छ । जिल्लामा स्वास्थ्य संस्था टाढा हुँदा पनि समयमै सुत्केरी आमालाई स्वास्थ्य संस्था पुर्याउन नपाँउदा बाटोमै बच्च्चाहरुको जन्म दिने आमाको संख्या बढेको पाइन्छ । एउटै सुत्केरी आमाहरुले पनि तिन तिन पटक बाटोमै बच्चा जन्माएको देखिन्छ ।
सरकारले संञ्चालन गरेको यो सुत्केरी हवाई उद्धार कार्यक्रमले बाजुराका सुत्केरी आमाहरुमा कुनै पनि सहयोग पगेको पाइदैन,यो कार्यक्रम संञ्चालन ल्याउदा बाटोमा सुत्केरी हुने आमाकोे संख्या घट्नुको साँटो बढेको देखिन्छ । जिल्लामा कतिपय सुत्केरी आमाहरुले स्वास्थ्य संस्था टाढा हुँदा तथा नियमित गर्भ जाँच गर्न नपाँउदा बाटोमै बच्चा जन्माउने गर्दछन् । यसमा सरकाले उचित ख्याल गर्नुपर्ने देखिन्छ । जिल्लामा ४ बर्ष यता १२ जना सुत्केरी आमाको मृत्यु भइसकेको छ । जसको कारण समयमै हवाई उद्धार नहुँनु र स्वास्थ्य संस्था पनि उचित तथा गुणस्तरीय नहुनु हो । बुढिनन्दा नगरपालिका ४ कुरु बस्ने ३१ बर्षिय पानसरा रोकायाले तेस्रो पटक पनि बाटोमै बच्चा जन्माएकी छन । यो भन्दा पहिला पनि उनले दुई वटा सन्तानलाई बाटोमै जन्माएकी थिईन् ।
केही महिनाअगाडी काँडा निवासी ३२ वर्षिय उज्जलीले सुनारले पनि बाटोमै छोरी जन्माएकि थिईन, त्यस्तै गौमुल गाउँपालिका ३ माँझपालि बस्ने २१ बर्षिय भाँग्य चदाराले पनि बाटोमै बच्चा जन्माएकी थिईन । हिमाली गाउँपालिका १ को बामु बस्ने नानी रोकाया पनि यसबाट अछुत हुनुहुन्न,उनले पनि बाटोमै बच्चा जन्माएकी छन्।त्यस्तै हिमाली गाउँपालिका २ नातिखोला बस्ने २३ बर्षिय पार्वती बुढाले स्वास्थ्य चौकी आउने बेला बाटोमै बच्चा जन्माईन् । स्वामीकार्तिक खापर गाउँपालिका १ मुक्तिकोटकी ३५ बर्षिय कार्तिका बिकले केही समय पहिला बाटोमा बच्चा जन्माएकि छन् ।
स्वास्थ्य संस्था टाढा हुँदा बाटोमै बच्चा जन्माउने आमाको संख्या बाजुरामा निकै रहेको पाइन्छ । सुत्केरी ब्यथा लाग्ने बित्तिकै नजिकै अस्पताल नहुँदा बाटोमा बच्चा जन्माउने आमाको संख्या धेरै रहेको देखिन्छ ।यसरी सुत्केरी आमाहरुले नजिकै स्वास्थ्य संस्था नपाँउदा ज्यानसमेत गुमाउनु परेको छ । यसमा सरकारको बिष्ोष ध्यान जान पनि जरुरी देखिन्छ । सरकाले लागु गरेको सुत्केरी हवाई उद्धार बाजुरामा पनि प्रभावकारी बनाउन जरुरी देन्छि ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर