
बाजुराः गौमुल गाउँपालिकाका अध्यक्ष हरि बहादुर रोकायाले खेल क्षेत्रको विकास र खेलाडी उत्पादन गर्नका लागि सरकार पछि नहट्ने बताएका छन् । आज गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीता सम्बन्धी पूर्व तयारी बैठकको सम्बोधन गर्दै उहाँले यस्तो बताएका हुन् ।पालिकाले प्रत्येक वर्ष खेलाडी प्रोत्साहनका लागि खेलकुदका गतिविधिहरु नियमित सञ्चालन गरिरहेको स्मरण गराउदैं खेलाडी स्वंयम स्थापित हुनुपर्ने बताएका छन । राष्ट्रपति रनिङ्ग शिल्ड मात्र नभएर अन्य हरेक समयमा खेलकुदका गतिविधिका लागि खेल क्षेत्रमा सरकारले लगानी गरेको अध्यक्ष रोकायाले बताएका छन् ।
आफुहरुले लगानी गरिरहने तर खेल क्षेत्रको विकास र खेलाडी उत्पादन नभए व्यर्थे हुने उल्लेख गरे । विद्यालय स्तरबाट नै खेलाडी उत्पादन र खेल क्षेत्रको विकासका लागि प्रत्येक वर्ष गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीता सञ्चालन गरिने गरिएको उनको भनाइ छ ।कतिपय खेल क्षेत्रमै भविष्य बोकेका युवाहरु रहेका कारण अनुशासित र व्यवस्थित हुनुपर्नेमा जोड दिएका छन् । खेलाडीमा अनुशासन भएन भने उसले राम्रो स्थान ल्याउन नसक्ने बताउँदैं सर्वप्रथम खेलाडी मर्यादित, अनुशासित र व्यवस्थित हुनुपर्ने बताए ।
विद्यालयले उत्कृष्ट खेलाडी छनोट गरेर पािलका स्तरको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीतामा सहभागी गराउन प्रधानाध्यापकलाई आग्रह गरेका छन् । लहड र रहरले मात्र खेलाडी नबनेर भविष्य नै खेल क्षेत्रमा देख्ने खेलाडीले मात्र राम्रो फड्को खेल क्षेत्रमा मार्ने बताए ।पालिकामा रहेका अन्तर मावि स्तरीय विद्यालयका विद्यार्थीहरुबीच प्रतियोगीतामा प्रतिष्पर्धा गराईने भएको छ । खेलमा सहभागी हुने सम्पूर्ण खेलाडी तथा प्रशिक्षक सहितको टिमको सम्पूर्ण व्यवस्थापन पालिकाले गर्ने प्रमुख प्रशासकीय अधिकृत जगदीश प्रसाद भट्टले बताएका छन् ।
गौमुल गाउँपालिकाले आगामी मंसिर २२, २३ र २४ गते गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीता आयोजना गर्ने भएको छ । राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीता सम्बन्धी पूर्व तयारी बैठकमा पालिकामा रहेका ६ वटै माविका प्रधानाध्यापक तथा प्रतिनिधि लगायतको सहभागीता रहेको थियो ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर