बाजुराः सशस्त्र प्रहरी बल आश्रीत गुल्म बाजुराले बिद्यालयमै पुगेर विद्यार्थीलाई लागु औसध दुव्यर्सन सम्बन्धि अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको छ। बाजुराको सदरमुकाम मार्तडीमा रहेको मालिका नमुना माविमा आश्रीत गुल्म बाजुराका गुल्मपती संकर दत्त तिवारी आफै पुगेर लागु औसध सम्बन्धि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुभएको हो ।
पछिल्लो समयमा विद्यार्थीहरु पढ्न छोडेर लागु औसध सेवन गर्न लागेकाले उनीहरुलाई त्योबाट जोगाउन सहयोग पुगोस् भन्ने उदेश्यले कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो । यसका प्रकार, सदरमुकाम भित्र रहेका बिद्यालयका विद्यार्थीहरु बढी जसो लागु औसध तथा दुव्यर्सनमा लाग्ने चिन्ता अभिभावकहरुमा पनि छ । यसबाट बचाउन अभिभावकहरुले पनि विशेष ख्याल गर्नुपर्ने गुल्मपती तिवारीले बताउनुभयो । पछिल्लो समयमा लागु औसध दुर्वेसनीमा संलग्न भैरहेको प्रती उहाँले चिन्ता व्यक्त गर्नुभयो । अभिमुखिकरण कार्यक्रममा गुल्मपती तिवारीले नै प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा झन्डै १०० बढी विद्यार्थीहरुको सहभागीता रहेको थियो ।
यो कार्यक्रमले लागु औसध सेवनमा संलग्न विद्यार्थीहरु आगामी दिनमा यस्ता कार्यमा संलग्न हुने छैनन् भन्ने बिश्वास उहाँले लिनुभएको छ । उक्त अभिमुखिकरण कार्यक्रममा लागु् औसध दुव्यर्सन भनेको के हो रु, लागु पदार्थ वा औसधको परिचय, लागु पदार्थ दव्यर्सन, दव्यर्सनका कारणहरु, लागु औसध दुव्यर्सनबाट देखा पर्ने लक्षमणहरु, लागु औसधमा कानुनी उपचार सम्वन्धि बिद्यार्थीलाई गुल्मपति तिवारीले जानकारी गराउनु भएको हो । बिद्यालय लयमै पुगेर बिद्यार्थीहरुलाई लागु औसध दुव्यर्सनको कुलतबाट बचाउन सहयोग पुग्ने गरी पशिक्षण दिएको भन्दै बिद्यमालयका प्रचार्य शुभराज पाध्याले धन्यबामद दिनुभएको छ। यस्तै कार्यक्रमहरु बिद्यालय क्षेत्रमा सञ्चालन गर्न जरुरी रहेको पनि उहाँले बताउनुभयो ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर