
बाजुराः जिल्लाको बडीमालिका नगरपालिका–९ उखाडीमा निर्माणाधिन अवस्थामा रहेको ३३ केबीको सव–स्टेशनका जग्गाधनीले निमार्ण कार्य सुरु भएको चार वर्ष वितिसक्दा पनि जग्गाको मुआब्जा नपाएको गुनासो गरेका छन् । राष्ट्रिय प्रसारण लाइनमा जोडिएको बाजुरामा ३३ केबीको लागि सब स्टेशन निर्माण गर्दा बडीमालिका नगरपालिका र नेपाल विद्युत प्राधिकरणसंग भएको सम्झौता अनुसार जग्गाको मुआब्जा नपाएको जग्गा धनी देबबहादुर विष्टले बताएका छन् ।विद्युतको सव–स्टेशन निर्माणका लागि प्रयोग गरिएको जग्गाको मुआब्जा नगरपालिका र प्राधिकरणमा धाउदा चार वर्ष विति सकेको भएपनि मुआब्जा नपाएको विष्टले दुखेसो पोखेका छन् ।
खेतीयोग्य जमिन नै मासेर विद्युतको सब–स्टेशन बनाइएको र आफुहरुले अहिलेसम्म पालिका र विद्युत प्राधिकरणमा धाउदा मुआब्जा नपाएपछि कुनै विकल्प नभएकाले ताला लगाएको जग्गाधनीहरुले बताएका छन । जग्गा धनीहरुले सब–स्टेशनका लागि लागि दिएको जग्गाको मुआब्जा नपाएपछि पाँच महिना देखि निर्माण कार्य स्थलमा ताला लगाइएको छ । निर्माण कार्यस्थलमा ताला लागेपछि निर्माण कार्य अलपत्र परेको छ । निर्माणको जिम्मेवारी लिएको वाइवा इफ्राटेक शम्भु कम्पनीले सम्झौताको म्याद सकिन लाग्दा पनि निर्माण कार्य सकेको छैन ।नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बाजुरा र बडीमालिका नगरपालिकाले विद्युतको सब स्टेशन निर्माणका बेला जग्गाको मुआब्जा दिने सहमती भएपनि निर्माण कार्य थालेको ४ वर्ष विति सक्दा पनि मुआब्जा नपाएपछि पाँच महिना देखि जग्गाधनीले मुल गेटमा ताला लगाएकाले निर्माण कार्यमा समस्या आएको कम्पनीले जनाएको छ । निर्माण स्थलमा नै जग्गा धनीहरुले मुआब्जाको माग गर्दै ताला लगाएपछि निर्माण कार्य अलपत्र परेको हो । तत्कालिन नगर प्रमुख पदम बडुवाल नेतृत्वको सरकारले सब स्टेशन निर्माण दिन आग्रह गरेर पालिकाले मुआब्जा दिने निर्णय भएको भएपनि हालका नगर प्रमुख अमर खड्का नेतृत्वको सरकारले विद्युतको सब स्टेशन निर्माण गरिरहेको जग्गाको क्षतीपुर्ति नदिएपछि निर्माण कार्यस्थलमा ताला लगाएको डबल बहादुर विष्टले बताएका छन् ।
नगरपालिका र विद्युत प्राधिकरण वितरण केन्द्र बाजुरामा पटक पटक जग्गाको मुआब्जा माग्दा पनि कुनै सुनुवाई नभएपछि बाध्य भएर ताला लगाएको उनीहरुले बताएका छन् ।विद्युतको सब स्टेशन। बनाउदा जग्गाको मुआब्जा दिने र कर्मचारी समेत राख्ने सहमती भएपनि कार्यान्वयन नहुँदा विद्यूतको ३३ केबी लाइनका लागि बन्न लागेको सब स्टेशनमा ताला लगाएको जग्गाधनी डबल विष्टले बताएका छन् । उनीहरुले जग्गाको मआब्जा नपाएसम्म ताला नखोल्ने बताएका छन् । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बाजुराका कार्यालय प्रमुखराजेश कुमार झाले सब स्टेशन निर्माणको ठेका प्रादेशिक कार्यालयले गरेका कारण आफुले केही बोल्न नमिल्ले बताएका छन् । उनले नगरपालिकाले मुआब्जा दिने निर्णय गरेको र हाल सम्म मुआब्जा नदिएपछि जग्गाधनी डबलबहादुर विष्ट र देवबहादुर विष्टले निर्माण कार्य स्थलमा ताला लगाएको जानकारी दिएका छन् । उखाडीमा निर्माणधिन अवस्थामा रहेको विद्युतको सब स्टेशनमा लागेको तालाको विषयमा थप जाँबुझका लागि प्राधिकरण केन्द्रबाट टोलीआउन लागेको वितरण केन्द्र प्रमुख झाले बताए ।
विद्युतको सब स्टेशन निर्माणको ठेका सम्झौता भएको चार वर्ष विति सक्दा पनि निर्माण कार्य अझै सम्पन्न हुन सकेको छैन । वाइवा इफ्राटेक प्रालि शम्भु काठमाण्डौंले निर्माणको जिम्मा लिएको भएपनि हालसम्म सब स्टेशन निर्माण हुन सकेको छैन । सब स्टेशन ९ करोड ५५ लाखपाँचहजार ७९७ रुपैया ३२ पैसाको लागतमा निर्माणका लागि ठेका सम्झौता भएको हो । निर्माणको ठेका सम्झौता मंसिर मसान्तमा सकिन लागेको छ । मालिका टुडेबाट लगिएको…
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर