
बाजुराः त्रिबेणी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बाजुराकाे २२ औं साधारणसभा सम्पन्न भएको छ । शेयर सदस्यता प्रति पूर्ण बफादारी प्रविधीमैत्री सहकारी भन्ने नाराका साथ २२ औँ बार्षिक साधारण सभा सम्पन्न भएको हो । प्रदेश सभा सदस्य जुना दानीले उक्त साधारण सभाको उद्घाटन गर्नुभएको थियो । कार्यक्रम मा वोल्दै उहाँले देशको अर्थतन्त्र कमजोर भएको अवस्थामा त्रिबेणी सहकारी संस्था लिमिटेड बाजुराले जिल्लाको आर्थिक उत्पादनमा महत्वपूर्ण भुमिका खेलेको उहाँले बताउनुभएको थियो । साथै नेपालको आर्थिक समृद्धीमा सहकारीको अहम् भुमिका रहेको पनि उहाँले प्रस्ट्याउनु भएको थियो ।
त्रिवेणी सहकारी संस्थामा शृजनशील युवाहरु तथा सदस्यको जमात रहेकोले सहकारीको महत्व समेत बताउनु भयो । संस्थाले सदस्यको बृहत्त र हितलाई ध्यानमा राखि संस्थाको आन्तरिक शुसासन कायम गर्दै समाजलाई एकताबद्ध गर्न त्रिबेणी सहकारी अभियान सार्थक रहेको पनि बताउनु भयो । सहकारीको ऋण सबैले समयमै तिर्न पनि सांसद दानीको आग्रह रहेको थियो ।सहकारीमा धेरै महिलाको् उपस्थिती भएकोले सहकारीको दीगो विकासमा टेवापुग्ने धारणा समेत ब्यक्तगर्नुभयो ।सस्थाका अध्यक्ष अशोक कुमार रावलले प्रस्तुत गर्नु भएको प्रतिवेदन अनुसार १९२८ शेयर सदस्य लगायत २८१७ जना वचत कर्ता रहेका छन् । १४ करोड ३२ लाख १५ हजार ९ सय ३९ रुपैंया वरावरको कारोवार गरी विवरण प्रस्तुत गर्नुभएको थियो । अध्यक्ष रावलको प्रगती प्रतिवेदन मा त्रिबेणी सहकारी संस्थाको गत आर्थिक वर्षमा १ करोड ३४ लाख ७४ हजारु एक सय १८ रुपैंया आम्दानी गरी १५ लाख ९० हजार चार सय रुपैंया मुनाफा गर्न सफल भएको प्रगति प्रतिवेदन सभामा प्रस्तुतगर्नु भएको थियो । ऋण लगानीको विभिन्न शिर्षकमा ३३३ शेयर सदस्यलाई १० करोड ७९ लाख ४९ हजार ८ सय ८७ रुपैंया ऋण लगानीमा रहेको प्रतिवेदनमा उल्लेख गरीएको थियो ।
त्यस्तै संस्थाका सल्लाहकार एबं उद्योग वाणिज्य संघ बाजुराका अध्यक्ष देवहादुर रोकायाले सहकारी संस्था फस्टाउन सबै शेयर सदस्यको समान भुमिका रहेको बताउनु भएको थियो । संस्थाका पूर्व सचिव धर्म बोहराले संस्थाको विगतको ईतिहाँस कोट्याउदै संस्थाका सदस्यले आफ्नो रकमको हिसाव किताब गर्नुपर्ने बताउनुभएको थियो । सहकारी संस्था मितब्ययीहुनुपर्ने पनि धारणाउहाँले राख्नुभएको थियो ।त्यसै संस्थाका पुर्व सचिव जनक बहादुर थापाले सहकारीमा ईमानदारिता र बफादारिता स्थापित गर्दै संस्था प्रबिधी मैत्री बनाउन सबै लाग्नुपर्ने उहाँले बताउनुभएको थियो । शेयर सदस्य तुला पाध्यायले संस्था सहकारीको मुल्यमान्यता अनुसार सञ्चालन गर्नु पर्ने कुरामा जोड दिनुभएको थियो ।
संस्थाका सचिव शेरबहादुर रावलले संस्थाको दीर्घकालिन सांगठानिक प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभयो भने कोषाध्यक्ष रोशन प्रसाद श्रेष्ठले गत आर्थिक वर्षको १४ करोड ९१ लाख ८८ हजार ८ सय ५६ रुपैंया वरावरको कार्यक्रम अनुमोदन,यस आर्थिक वर्षमा सञ्चालित १९ करोड ६१ लाख ९६ हजार सात सय ३२ रुपैंया स्वीकृती र आगामी वर्ष ८०⁄०८१को १९ करोड ९६ लाख सातहजार ७० रुपैंया वरावरको नीति तथा कार्यक्रम स्वीकृतीका लागि एक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।२२ औं वार्षिक उत्सवको अवसरमा दुई जना उत्कृष्ट बचत कर्ता, दुईजना उत्कृष्ट ऋणी सदस्य,१ जना बाल बचत कर्ता तथा दुई जना उत्कृष्ट कर्मचारीलाई टोपी दोसल्हा , कापी कलम लगायत प्रशंशापत्र प्रदान गरि सम्मान समेत गरीएको थियो ।
उक्त बार्षिक साधारण सभा सदरमुकाम मार्तडीमा रहेको अपि होटेलको सभागृहमा संञ्चालन गरीएको थियो भने । उक्त बार्षिक साधारण सभाको कार्यक्रम संञ्चालन संस्थाका सचिव शेरवहादुर रावलले गर्नुभएको थियो ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर