
बाजुराः बाजुराको बुढीनन्दा नगरपालिका वडा नं दुई कोल्टीमा होमस्टे तथा होमस्टे पर्यटन प्रर्वद्धन सम्बन्धी ७ दिने तालिम आजबाट सुरु भएको छ । हिमाली गाउँपालिका र जीविकोपार्जन पुनरुत्थानका लागि दिगो परियोजनाको संयुक्त आयोजनामा आजबाट ७ दिने तालिम सुरु भएको हो । होमस्टे तथा पर्यटन व्यवसायलाई थप व्यवस्थित बनाउन २५ जनाका लागि तालिम सञ्चान गरीएको हो ।हिमाली गाउँपालिका, स्वामीकार्तिक खापर गाउँपालिका र मुगुको खत्याड गाउँपालिकाका होटल व्यवसायीहरुका लागि तालिम सञ्चालन गरीएको जनाइएको छ । आज एक कार्यक्रमका विच होटल ओलिभ इको भिलेजमा तालिम सञ्चालन गरीएको बताइएको छ ।
हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्लको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा पर्यटन व्यवसायी तथा होमस्टे क्षेत्रका विज्ञ विकेस कुमार श्रेष्ठ, रेडियो बुढीनन्दाका अध्यक्ष तथा पर्यटन व्यवसायी जनेश भण्डारी, रेडियो बुढीनन्दाका प्रबन्ध निर्देशक अनिल शाही, प्रेस यूनियनका प्रदेश सचिव राजेन्द्र रोकाया, रेडियो अपिका समाचार प्रमुख सन्तोष जोशी लगायत अतिथी रहनुभएको थियो । रेडियो बुढीनन्दाका अध्यक्ष तथा पर्यटन व्यवसायी जनेश भण्डारीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संञ्चालन रेडियो बुढीनन्दाका प्रबन्ध निर्देशक अनिल शाहीले गर्नुभएको थियो ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर