
बाजुराः विगत देखि बाजुराका विभिन्न गाउँ तथा विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आएको प्रभु बैंकले सो कार्यक्रमलाई अहिले पनि निरन्तरता दिएको छ ।शुक्रबार बडिमालिका नगरपालिका २ भौनेराको सत्यवादी माविका बिद्यार्थीहरुलाई वित्तीय कारोबार तथा बैंकको बारेमा जानकारी दिन वित्तिय साक्षरता कार्यक्रम गरिएको प्रभु बैंक बाजुराले जनाएको छ ।
उक्त बिद्यालयको कक्षा ९ र १० का ५५ बढि छात्रछात्रलाई राखेर सो कार्यक्रम गरिएको प्रभु बैंक बाजुराका सहायक प्रबन्धक मेगराज शाहीले जानकारी दिनुभयो। अल्पकालीन र दिर्घकालीन वित्तीय लक्ष्य निर्धारण, उपयुक्त वित्तीय सेवाहरु छनोट तथा प्रयोग गर्न सक्ने क्षमता विकास गर्ने उदेश्यका साथ बिद्यालयहरुमा वित्तीय साक्षरता सम्बन्धी जनचेतनामुलक कार्यक्रम गरिएको उहाँको भनाई छ। उहाँका अनुसार प्रभु बैंक बाजुरा शाखा प्रवन्धक जीवन कुमार सिंह सहीतको टोली गएर वित्तिय साक्षर बारे जानकारी गराइएको छ ।
कार्यक्रममा बिद्यार्थीहरुको वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहारमा सुधार ल्याई वित्तीय सक्षमता अभिवृद्धिका माध्यमले विवेकशील वित्तीय निर्णय लिन सघाउँने बताईएको छ । सहभागिहरुलाई वित्तीय बैंक साक्षरता सम्बन्धी प्रभु बैंक जिल्ला शाखा बाजुराका प्रवन्धक जीवन कुमार सिंह, सहायक प्रवन्धक मेगराज शाही लगायतले प्रशिक्षण गर्नुभएको थियो। यो भन्दा पहिला बाजुराका विभिन्न स्थानमा गएर विद्यार्थी, सहीतको सहभागितामा समय–समयमा वित्तीय सचेतनामुलक कार्यक्रम गर्दै आएको प्रभु बैंक बाजुराले जनाएको छ ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर