• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 22, May, 2025
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

मुक्त हलियाहरुले निः शुल्क प्राविधिक तथा उच्च शिक्षाकाे व्यवस्थापन गर्न नगरपालिकालाई बुझाए ज्ञापन पत्र

खप्तड मालिका न्युज November 30, 2023 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुराः  बुढीनन्दा नगरपालिका वडा नं. १ पिपलडालीका मुक्त हलियाहरुले निशुल्क प्राविधिक तथा उच्च शिक्षाको व्यवस्थापनको माग गरेका छन् ।
निशुल्क प्राविधिक तथा उच्च शिक्षाको व्यवस्थापन लगायतका माग राख्दै नगरपालिकाको कार्यालयमै पुगेर उनिहरुले ज्ञापनपत्र बुझाएका छन । मुक्त हलिया खाद्य अधिकार समूह वडा नं एक पिपलडालीमा गठन गरिएको समूहद्धारा ६ बुदेँ माग सहीत बुढीनन्दा नगरपालिकालाई ज्ञापनपत्र बुझाएका हुन् । सदियौं देखि अरुको काम गर्दै जिविका चलाइरहेका हलियाहरुले आफ्ना मागहरुको सुनुवाई नभएको भन्दै नगरपालिकालाई बारम्बार ज्ञापनपत्र मार्फत ध्यानाकर्षण गराउने गरेको फियान नेपाल बाजुराका कार्यक्रम संयोजक सविता थापाले बताउनुभयो। वडा तथा टोलमा रहेका समूहलाई फियान नेपालले नै सहजिकरण गर्दै शसक्त बनाउने र उनीहरुका समस्या बारे सचेत पार्ने काम गर्दै माग सम्बोधनका लागि ज्ञापनपत्र बुझाउने गरीएको छ ।
आफूहरुको पुस्तौ देखिको साहुको हलो जोत्नु पर्ने र अधियाँ खाने हलिया समुदायको अवस्था अझै पनि उस्तै रहेको उल्लेख गरीएको छ । दैनिक रुपमा ज्याला मजदुरी गर्दै आएको समुदायमा खाद्य सुरक्षा कायम गरी जीविकोपार्जन गर्नका लागि सीपमुलक र आयआर्जनका लागि तालिम तथा राहतमुखी कार्यक्रमका लागि यथासक्य समाधानका लागि पहल गरी दिन आग्रह गरीएको हो ।नेपाल सरकारले २०६५ साल भदौ २१ गतेका दिन पाँच बुदे सम्झौता गरेर तत्काल हलिया मुक्तीको घोषणा गरेको थियो । हलिया मुक्तिको घोषण गरेको लामो समय वितेसके पनि सरकार र हलिया विच भएका सम्झौताका बाँकी बुदाहरु अझै जस्ताका त्यस्तै रहेको उल्लेख छ ।
समग्र हलिया वस्ती भूमीहिन समुदाय, खेतियोग्य जमिनको अभाव, बड्डीगाड खोलाको कटान, पहिरोको जोखिम लगायतका चपेटाले उच्च खाद्य जोखिममा रहेको कुरा दिनको पारीलो घाम जस्तै छर्लङ्ग रहेको भए पनि आधारभुत आवश्यकता पुरा नहुनु विडम्बना भएको उनीहरु उल्लेख गरेका छन । नेपालको संविधानमा प्रत्यक व्यक्तिलाई सम्मानपुर्वक बाँच्न पाउँने अधिकार सुनिश्चित गरीएको भए पनि बिहान बेलुका छाक टार्ने मुस्किल रहेको हलिया बताउँदै आएका छन् । छुट भएका हलियाहरुको तत्काल लगत संकलन गरी प्रमाणीकरणको प्रक्रियामा लिन आवश्यक पहल गर्नुपर्ने, भूमिहिन तथा मुक्त हलियालाई भूमीको व्यवस्थापन गर्नुपर्ने माग राखेका हुन ।
पिपलडालीमा बसोवास गर्ने ४८ हलिया परिवार मध्य २८ घरपरिवार प्रमाणीकरण भई परिचय पत्र प्राप्त गरेको र बाँकी २० परिवारले प्रमाणीकरण हुन बाँकी रहेकाले प्रमाणीकरणका लागि माग गरेका छन् । त्यस्तै हलिया परिवारका कुपोषित आमा तथा बच्चाहरुलाई प्राथमिकता दिई पोषणको व्यवस्था गर्न, नगरपालिका र अन्य निकायबाट सञ्चालित योजना तथा कार्यक्रममा आफूहरुको अर्थपूर्ण सहभागिताको सुनिश्चितता र निशुल्क स्वास्थ्य उपचारको व्यवस्थापन हुनुपर्ने लगायतका माग राख्दै ज्ञापनपत्र पेश गरीएको छ । ज्ञापनपत्र बुझ्दै नगर उपप्रमुख राम बहादुर बोहराले नगरपालिकाका तर्फबाट हलियाका सवालमा काम गर्न तयार रहेको बताउनुभयो।
आफू हलियाका विषयमा विगत लामो समय देखि काम गर्दै आएको र अब छुट भएका हलियाहरुको लगत संकलन पनि मंसिर भित्रै गर्ने प्रतिवद्धता जनाएका छन । वडा नं एकका मुक्त हलियाहरुले आफ्ना माग लिएर बारम्बार नगरपालिकामा धाउनु पर्ने अवस्थाको अन्त्यका लागि अन्य सम्बन्धी निकायसँग समन्वय गरी प्रतिबद्धता जनाए । यहाँका मुक्त हलियाका अभाव र समस्या पुरानै अवस्थामा रहेकाले यी समस्या समाधानमा स्थानिय सरकारले विशेष ध्यान दिनु पर्नेमा फियान नेपाल बाजुराका संयोजक थापाले जोड दिनुभएको छ।

सम्बन्धित पोस्ट
  • कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ
  • माटो परिक्षणकाे लागी घुम्ती शिविर
  • ५ दिने आधारभूत पत्रकारीता तथा उद्घाेषण तालिम सुरु
  • शिक्षा सहित पाँचवटा समितिको बैठक बस्दै
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ

    माटो परिक्षणकाे लागी घुम्ती शिविर

    ५ दिने आधारभूत पत्रकारीता तथा उद्घाेषण तालिम सुरु

    समाचार

    कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ

    माटो परिक्षणकाे लागी घुम्ती शिविर

    ५ दिने आधारभूत पत्रकारीता तथा उद्घाेषण तालिम सुरु

    शिक्षा सहित पाँचवटा समितिको बैठक बस्दै

    पश्चिमी र स्थानीय वायुको प्रभाव,चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2025: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑