
बाजुरा : बाजुरा जिल्लामा जन्मनु भएका गायक, सर्जक तथा माेडल राजेन्द्र रावतकाे आवाजमा सजिएकाे लाेकदाेहाेरी गीत “ माया लाउछ र” ( भिडियाेसहित ) सार्बजनिक भएकाे छ । बाजुरा जस्ताे बिकट तथा हिमाली जिल्लामा जन्मेर नेपाली गित सङ्गितमा एकछत्र राज गर्न सफल गायक रावतले पुन: “ माया लाउछ र” दाेहाेरी बाेलकाे गीत बजारमा ल्याएका छन ।गायक रावत गायक मात्रै नभई,गितकाे सष्टा पनि हुन भने कयौं आफ्ना गितहरुमा माेडल पनि गरिसकेका छन । बढिजसाे देउडा गितमा लेखन तथा आवाज दिएका गायक रावत एक बहुचर्चित बाजुरेलि गायककाे रुपमा पनि चिनिन्छन् ।सानैमा गित सङ्गीत प्रती चासाे देखाउने गायक रावत बिस्तारै नेपालकै चर्चित गायककाे रुपमा परिचित भएका छन ।
गायक रावत भन्छन्: आफ्नाे जीवनकाे हरेक समयमा गीत सङ्गितलाई माया गरेर सदैब अगाडि बढिरहने र नेपाली गीत सङ्गितलाई आफू रहन्जेल सम्म माया गरिरहने पनि गायक रावतकाे भनाई रहेकाे छ । उक्त दाेहारि गितकाे शब्द लेखन बिनाेद घिमिरेकाे रहेकाे छ भने गितकाे सङ्गीत भने गायक रावतले स्वयम् आफैले गरेका छन । गितमा थेगाे पनि उनकै रहेकाे छ ।विशेष डिजिटल मार्फत साङ्गितिक बजारमा ल्याईएकाे उक्त गितमा गायक रावत स्वयम् आफै र गायिका शाेभा थापाले आवाज दिएका छन । भने गितकाे एरेञ्जर तथा रेकर्डिङ बिजय थापाले गर्नु भयको छ । गितमा काेरस भाेकल बिजय थापा र राेसनि राेकायाकाे रहेछ छ ।
सस्कृति फिल्म प्रा .लि ले उत्पादक गरेकाे उक्त दाेहाेरी गितमा गायक रावत,बिनाेद घिमिरे,सागर देबकाेटा,लगायतले अभियनकाे भुमिका निर्बाह गरेका छन भने गितकाे क्यामरामा दुर्गा श्रेष्ठले साथ दिनुभएकाे छ ।खेम घर्ती र निराजन देबकाेटा अतिथि कलाकारकाे रुपमा रहेका छन ।लेखन क्षेत्रकाे क्रममा वर पिपल डालिकाे नामक देउडा गित बाट साङ्गितक यात्रा प्रारम्भ गरेका गायक रावतका भैंसी खर्क , हुलाकी,डब्बल्या,रानिवन,बम्मैकाे लाहुर्या, घर झगडा,जाेगि छैन कुटि लगायतका चर्चित गितहरु याे भन्दा अगाडि नै साङ्गितिक बजारमा आईसकेका छन । भिडियो यस्तो रहेकाे छ ।।।।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर