• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 19, Jun, 2025
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

देउडा आइडल २०८० काे तयारी तीब्र

खप्तड मालिका न्युज November 26, 2023 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

धनगढी:  नेपालमा पहिलो पटक हुन लागेको देउडा आइडलको तयारी तिब्र पारिएको छ । देउडा साँस्कृतिक मञ्च नेपालले आयोजना गर्न लागेको डेउडा आइडल–२०८० को तयारी तिब्र पारिएको हो ।
मञ्चले आइडल सञ्चालनका लागि प्रदेश,जिल्ला र स्थानीय तहमा संयोजन समिति गठन गर्न लागेको छ । मञ्चले आइतबार धनगढीमा आयोजना गरेको विशेष छलफल तथा अन्तरक्रिया कार्यक्रममा युवराज न्यौपानेको संयोजकत्वमा लालबहादुर धामी,नरेन्द्र ढुंगाना,प्रेम चन्द,राकेश बुढा सदस्य रहने गरी सुदूरपश्चिम प्रदेश संयोजन समिति गठन गरेको छ । त्यस्तै जिल्लामा संयोजनका लागि संयोजक तोकेको छ । मञ्चले दार्चुलामा महेन्द्र बडू, बैतडीमा सीपी लोहिया,बाजुरामा हर्क खडायत,डडेल्धुरामा लोकेन्द्र ओझा,कञ्चनपुरमा दुर्गा जोशी भट्ट,डोटीमा तेज डुम्रेल,बझाङमा कटक नेपाली र अछाममा राकेश बुढा संयोजक तोकेको छ । कर्णालीमा पनि छिट्टै संयोजन समिति गठन गरेर काम अघि बढाइने जनाइएको छ ।
अन्तरक्रिया कार्यक्रमा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य ओमप्रकाश पुनले नेपालको खस संस्कृतिको संगीतबद्ध संस्कृति देउडा संस्कृति भएको बताउँदै यसको जगेर्नाका लागि सबैले लाग्नुपर्ने बताए । उनले भने ‘खस संस्कृति मूल पहिचान भनेको डेउडा हो यसलाई जोगाउन सबै लाग्नु पर्छ’ । आइडल सफल पार्न आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने पनि उनले प्रतिबद्धता जाहेर गरे । उनले भने ‘राजनैतिक रुपमा समन्वयको क्षेत्रमा मैले गर्ने सहयोगमा कमी हुँदैन्’ ।देउडा साँस्कृति मञ्चका अध्यक्ष तथा डेउडा गायक महेशकुमार औजीले देउडा संस्कृतिलाई देश विदेशमा चिनाउन डेउडा आइडल आयोजना गर्न लागिएको बताए । उनले भने ‘हाम्रो उदेश्य लुकेर रहेका प्रतिभाको उजागर गरी डेउडा गायन क्षेत्रबाट देश विदेशमा पहिचान दिलाउने हो’ । उनले थपे ‘आइडलबाट देश विदेशमा डेउडा संस्कृति झल्किन्छ’ ।डेउडा आइडलका समन्वय संयोजक रमेश कोइरालाले सुदूरपश्चिममा डेउडा आइडलको पालिका स्तरीय छनोट पुस महिना भित्र गरिसक्ने बताए । त्यस्तै पालिका स्तरमा संयोजन समिति गठनको काम १ हप्ता भित्र सक्ने गरी लागिएको उनले बताए।
आइडलको सुरक्षा संयोजक जनक बोहराले आइडल सम्पन्न गर्न आफूले पाएको जिम्मेवारी पूरा गर्न कुनै कसुर बाँकी नराख्ने बताए । शसस्त्र प्रहरीका पूर्व एसएसपी समेत रहेका बोहराले आफ्नो कला संस्कृति जोगाउन लागिपर्ने बताए ।आइडलको पालिका स्तरबाट छनोट गरिने तथा सूदूरपश्चिम र कर्णाली प्रदेशको ऐतिहासिक भाषा,कला,संस्कृति,डेउडा गीत संगीतलाई माया गर्ने प्रतिभावान इच्छुक १६ वर्ष पूरा भइ ५० वर्ष ननाघेका देश तथा विदेशमा रहेका गायन प्रतिभा भएका व्यक्ती सहभागी हुन पाउने आयोजकले जनाएको छ ।
प्रत्येक पालिका बाट ३ जना छनोट भइ जिल्लामा आउने र जिल्लाबाट छनोट भइ ३० जना प्रदेशमा आउने र प्रदेशबाट छनोट भइ १५ जना केन्द्रमा प्रतिष्पर्धा गर्ने छन् । प्रदेशबाट १५ जना छनोट हुने छन् भने केन्द्रमा सुदूरपश्चिम प्रदेश र कर्णालीका गरी ३० जना प्रतियोगीले प्रतिष्पर्धा गर्नेछन् । सो मध्ये रेस टु ब्याटल १५ जना भोटिङ राउण्डमा पुग्नेछन भने सोबाट कम अंक आउने १ जना हप्तैपिच्छे बाहिरिने छन् । निर्णायकको ५० प्रतिशत र नागरिकको ५० प्रतिशत मतको आधारमा उत्कृष्ट ५ जना सेमी फाइनलमा पुग्नेछन् । फाइनालिष्ट ३ जना जनताको मतको आधारमा उपाधी प्राप्त गर्ने छन्।

सम्बन्धित पोस्ट
  • बडिमालिकाको बजेट, हाम्रो अपेक्षा र आशा
  • चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
  • घर-घरमा धाराः हट्यो पानीको समस्या,स्थानीयको दैनिकीमा परिवर्तन
  • चट्याङसहित हल्कादेखि मध्यम वर्षा
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बडिमालिकाको बजेट, हाम्रो अपेक्षा र आशा

    चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

    घर-घरमा धाराः हट्यो पानीको समस्या,स्थानीयको दैनिकीमा परिवर्तन

    समाचार

    बडिमालिकाको बजेट, हाम्रो अपेक्षा र आशा

    चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

    घर-घरमा धाराः हट्यो पानीको समस्या,स्थानीयको दैनिकीमा परिवर्तन

    चट्याङसहित हल्कादेखि मध्यम वर्षा

    एसईई नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2025: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑