
बाजुराः बुढीगंगा नगरपालिका ५ लाई बालविवाह मुक्त र महिनावारी स्वच्छता व्यवस्थापन मैत्रीक वडा घोषणा गरिएको छ । बाल विवाहलाई शुन्य अवस्थामा झारेको र महिनावारी स्वच्छताका सबै प्रकारका सूचकहरु पनि पुरा गरेपछि वडालाई घोषणा गरिएको बुढीगंगा नगरपालिकाका नगर प्रबक्ता हेमराज जैशीले जानकारी दिएका छन् ।
विहेवारी २० पारी अभियानालाई सहयोग गर्न वडा बासी प्रतिवद्ध छन् । भने महिनावारी स्वच्छताका लागि पनि प्रत्येक घर परिवार र स्वयम व्यक्तिले प्रतिवद्धता सहीत व्यवहारिक कार्यान्वयन गरेपछि घोषणा गरिएको हो । घोषणा नगर प्रमुख रामबहादुर बानीयाँले औपचारिक कार्यक्रमका बीच हिजाे गरेका हुन् । बाल विवाह मुक्त वडा घोषणा हुनेमा बुढीगंगा नगरपालिकामा ५ नम्बर वडा दोस्रो बनेको छ । यस अघि बुढीगंगा ४ लाई घोषणा गरिसकिएको छ ।
बाल विवाह मुक्त घोषणा र महिनावारी स्वच्छता व्यवस्थापनका सबै सूचक पुरा गर्ने वडाका रुपमा ५ लाई घोषणा गरिएको वडा अध्यक्ष चक्रबहादुर थापाले बताएका छन् । नगरपालिकासहीत पीसविन, गुडनेवर्स इन्टरनेशनल, सहयोगी हातहरुको समूह सहासको सयुक्त सहकार्यमा घोषणा गरिएको छ ।नगरका प्रमुख, उपप्रमुख सहीत सबैको सहभागितामा घोेषणा गरिएको हो । सहयोगी निकायका प्रतिनिधी, वडा बासीहरुको भव्य सहभागिता रहेको थियो । वडा बासीले बाल विवाहलाई पूर्ण रुपमा बन्द गरिसकेको अवस्था छ । भने महिनावारी स्वच्छताका सूचकहरु पनि सुधार हुदै गएका छन् ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर