
बाजुराः त्रिवेणी नगरपालिका वडा नम्बर ९ पैमामा सञ्चालन भएको चौथो पदम खत्री स्मृति खुला भलिवल तथा बडीमालिका साँस्कृतिक महोत्सव सम्पन्न भएको छ । गत कार्तिक ३० गतेबाट सुरु भएको उक्त कार्यक्रम हिजो एक औपचारिक कार्यक्रमका बीच सम्पन्न भएको हो ।शनिबार भलिवल प्रतियोगिता सम्पन्न भई हिजो साँस्कृतिक कार्यक्रम गरेर कार्यक्रम समापन गरिएको पदम खत्री स्मृति प्रतिष्ठानले जनाएको छ । आइतबार अर्थात हिजो मंसिर ३ गते राष्ट्रिय तथा स्थानिय कलाकारहरुले बेजोड प्रस्तुती दिएका थिए । बृहत साँस्कृतिक कार्यक्रममा कोकल कण्ठी स्वरका धनी गायक प्रकाश थापा, राजेन्द्र बाजुराली, कलाकार राजु ढकाल,गायिका तथा उद्घोषिका हेमान्ता भट्टराई, देउडा गाउक दिनेश नेपाली, लगायत अन्य कलाकारहरुले बेजोड प्रस्तुती दिएका थिए ।
एक औपचारिक कार्यक्रमका बिच प्रतिष्ठानका अध्यक्ष अमर सिंह खत्रीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अथिति त्रीवेणी नगरपालिकाका नगर प्रमुख कर्ण बहादुर थापा रहनु भएको थियो । कार्यक्रममा बिशिष्ट अथिती खप्तड छेडेदह गाँउपालिकाकी उपाअध्यक्ष बिशु देवी नाथ रहनु भएको थियो । यस्तै कार्यक्रममा अथिति त्रीवेणी नगरपालिकाका बिभिन्न वडाका वडा अध्यक्षन बिभिन्न राजनिति दलका प्रमुख एवम् प्रतिनिधि ,सुरक्षाकर्मी, सञ्चारकर्मी, कलाकार लगायत स्थानीयको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अथिती त्रीवेणी नगरपालिकाका नगर प्रमुख कर्ण थापाले पदम खत्री स्मृति प्रतिष्ठानले आयोजना गरेको खुला भलिवल प्रतियोगिता तथा साँस्कृतिक महोत्सवले खेल क्षेत्रको विकास र स्थानीय कला संस्कृतिको संरक्षणमा टेवा पुग्ने बिश्वास व्यक्त गर्नुभयो । स्वर्गिय पीतको सम्झनामा आयोजना हुँदै आएको यो कार्यक्रमले खेलाडी उत्पादन गर्न, नयाँ पुस्तलाई खेल क्षेत्रतर्फ अभिप्रेरित गर्न, स्थानीय मौलिक संस्कृतिको जगेर्ना, नयाँ प्रतिभाको पहिचान अग्रज कलाकारहरुको सम्मान गर्न सहयोग पुग्ने भन्दै आयोजक कमिटीलाई धन्यबाद दिनुभयो । यस्ता कार्यक्रमलाई तिरन्तरता दिदै जान पनि उहाँले आग्रह गर्नुभयो। यो कार्यक्रलाई आगामी दिनमा पनि निरन्तरता दिदै जाने आयोजक कमिाटीका अध्यक्ष अमर सिंह खत्रीले बताउनुभएको छ ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर