बाजुरा। बाजुराबाट चल्ने बस व्यवसायीहरुले मनोमानी भाडा असुल्ने गरेको यात्रुहरुले गुनासो गरेका छन् । बाजुरादेखि काठमाडौं, धनगढी, नेपालगञ्ज, महेन्द्रनगर लगायतका ठाउँका लागि छुट्ने बसहरुले तिहारपछिको चापलाई ध्यानमा राखेर भाडा असुली गर्ने गरेको बसमा सवार यात्रुहरुले बताएका छन ।
१६ सय रुपैया भाडा तय गरिएको मार्तडी धनगढीसम्मको भाडा ४ सय रुपैया बढाएर लिने गरेको यात्रुहरुको भनाई रहेको छ । तोकिएको भाडाभन्दा ४ सय कसैलाई थाहै नदिई असुली गर्ने गरेको आरोप यात्रुहरुको रहेको छ । तोकिएको समयमा पनि बस नहिडाउँने र यात्रुको चापलाई देखाएर आफूखुसी भाडा असुल्ने गरेको आरोप बस ब्याबसायीहरु माथि लागेको छ । यात्रुहरुले भाडा ४ सय किन बढेको भनेर सोध्दा उल्टै जान मन छैन्, भन्दै थर्काउने काम समेत मार्तडी काउन्टरबाटै हुने गरेको आक्रोश यात्रुहरुको रहेको छ ।
एक जना यात्रुबाट ४ सय असुल्ने गरेपनि स्थानीय प्रहरी प्रशासन भने मौन रहेको छ । चाड पर्व लक्षित भाडा घटाउनुको साँटो उल्टै कसैलाई थाहै नदिई सम्बन्धी बस धनी र काउन्टरमा बस्नेहरुको मिलोमतोमा भाडा असुली धन्दा सुरु गरिएको आक्रोश यात्रुहरुको रहेको छ । मार्तडीबाट अत्तरिया माथि झर्नेहरुका लागि सिटै नदिने, दिएपनि चर्को भाडा लिने, अत्तरियासम्म गएपनि २ हजार भाडा असुल्ने गरेका छन् । बाजुराबाट सुदूरपश्चिम यातायात, पवनदुत, मालिका, खप्तड डिलक्स, महाकाली यातायात, बैजथान डिलक्स, भेरी, बडीमालिका यातायात सहीतका बससेवा सञ्चालनमा छन् ।
बाजुरा मार्तडीमा रहेको काउन्टर पनि सामुहीक भएकोले सबै समितिका बस र बस धनीलाई जानकारी गराएर काउन्टर समितिबाटै मनोमानी भाडा असुल्नेकाम भइरहेको छ । नजिकै रहेको जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय भने बेखबर रहेका छ । यात्रुहरुले बेला बेला गुनासो गर्दा समेत प्रहरी नसुनेझै गर्ने गरेका छन् ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर