
बाजुरा। त्रिवेणी नगरपालिका वडा नम्बर ९ पैमामा संचालन भएको चौथो पदम स्मृति खुला भलिवल प्रतियोगिताको उपाधि एलि कन्ट्रक्सन अछामले हात पारेको छट । जनक दानी स्पोर्ट क्लवलाई एलि कन्ट्रक्सन १९ का विरुद्ध १७ ले पराजित गर्दै एलि कन्ट्रक्सन अछामले उपाधी जित्न सफल भएको पदम खत्री स्मृति प्रतिष्ठानका संरक्षक राजेन्द्र खत्रीले बताएका छन ।
खुला भलिवल प्रतियोगितामा सहभागी भएका आठ टिम मध्ये फाइनलका लागि भिडेका एलि कन्ट्रक्सन अछाम र जनक दानी स्पोर्टस क्लव बिच प्रतिप्रर्धा गराइएको थियो । प्रतियोगितामा उपाधि हात पार्ने एलि कन्ट्रक्सन अछामले ७१ हजार १११ नगद सहित मेडल प्रमाण पत्र पाएको छ । भने उप विजेता भएको जनक दानी स्पोर्टस क्लवले मेडल प्रमाण पत्र सहित नगद ३५ हजार १११ रुपैया प्राप्त गरेको छ । खेलमादीपक अवस्थीलाई उत्कृष्ठ खेलाडी घोषित गरिएको छ भने उनलाई प्रमाण पत्र सहित नगदले सम्मान गरिएको आयोजकले जनाएको छ ।
प्रथम र द्धितिय स्थान प्राप्त गरेका दुई वटै टिमलाई त्रिवेणी नगरपालिकाका नगर प्रमुख कर्णबहादुर थापाले पुरस्कार हस्तान्तरण गर्नुभएको छ । । खुला भलिवल तथा बडीमालिका साँस्कृतिक महोत्सवमा आज देउडा खेलाडी शंकर मल्ल र टिका सानी बीच लाई देउडा संचालन भएको छ । आइतबार अर्थात भोली मंसिर ३ गते राष्ट्रिय तथा स्थानिय कलाकारहरुका बेजोड प्रस्तुती रहने भएका छन । जसमा कलाकार राजु ढकाल,गायिका तथा उद्घोष्किा हेमान्ता भट्टराई, देउडा गाउक सदिनेश नेपाली लगायत अन्य कलाकारहरुका प्रस्तुती रहने भएका छन । भोलि हुने साँस्कृतिक कार्यक्रमको लागी सहभागी गायक ढकाल संगै सम्पुर्ण टिम बाजुरा आइसकेको प्रतिष्ठानका अध्यक्ष अमरबहादुर खत्रीले जानकारी दिएका छन् । भोली साँस्कृतिक कार्यक्रम भब्यताका साथ संञ्चालन गरीने पनि उहाँले बताएका छन । कार्यक्रमलाई थप रमाइलो तथा भब्य बनाउन सबैको उपस्थितको लागी पनि आयोजकले अनुरोध समेत गरेको छ ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर