बाजुरा: बडिमालिका नगरपालिका वडा. नम्बर ७ मा रहेकाे कालाऋषि युवाक्लबले विपन्न बालबालिकालाई शैक्षिक सामाग्री हस्तान्तरण गरेकाे छ । शुभदिपावलिकाे अवसरमा आयोजित देउसि भैलाे कार्यक्रम बाट संकलन भएकाे केही प्रतिशत रकमबाट आर्थिक अबस्था कमजाेर भएका बिपन्न बालबालिकालाई सामाग्री हस्तान्तरण गरिएको कालाऋषि युबाक्लबका अध्यक्ष गणेशराज तिमिल्सेनाले बताएका छन । अध्यक्ष तिमिल्सेनाका अनुसार देउसि भैलाे कार्यक्रम बाट संकलन भएकाे रकमले बिपन्न बालबालिकालाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको बताएका छन ।
सहयाेग स्वरुप शैक्षिक सामाग्री बितरण गरिएको छ। सामाग्रीमा कापि,कलम,पेन्सिल,कटर,ईरेजर लगायत अन्य सामाग्री सहयाेग गरिएको बताइएकाे छ । अलि भएता पनि बिपन्न तथा आर्थिक अबस्था कमजाेर भएका बालबालिकालाई पढ्न,लेख्नमा सहयाेग मिलाेस भन्ने उदेश्यका साथ सामाग्री हस्तान्तरण गरिएको क्लबका सहसचिव पछना कुमारि तिमिल्सेनाले बताएकी छन । चार दिन सम्म क्लब द्वारा खेलिएकाे देउसि भैलाे कार्यक्रम बाट संकलन भएकाे रकमले फजुल खर्च गर्नु भन्दा पनि बिपन्न बालबालिकालाई शैक्षिक सामाग्री हस्तान्तरण गर्दा बिपन्न बालबालिकालाई पनि सहयाेग हुने हुदा उक्त सामाग्री बितरण बताईएकाे छ । क्लबले आज मात्र नभई हरेक समयमा विभिन्न गतिबिधि सञ्चालन गर्दै दुखि पिडित बालबालिकालाई सहयाेग गर्दै आईरहेकाे छ ।क्लबले हरेक समयमा विभिन्न अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गरि समाज परिबर्तन संगै समाजका सामाजिक कुरिति,अन्धबिश्वास,छुवाछुत,छाउपडि लगायत सामाजिक समस्या निर्मुल पार्न क्लब सधै लागि परेकाे क्लबका सम्पुर्ण पधाधिकारिकाे भनाइ रहेकाे छ ।क्लबले याे भन्दा अगाडि पनि दुखि पिडितलाई सामाग्री हस्तान्तरण गरिसकेकाे छ भने सामाजिक कार्यहरु पनि धमाधम सञ्चालन गरेर सम्पन गरिसकेकाे छ ।
एक औपचारिक कार्यक्रम बिच क्लबका अध्यक्ष गणेश राज तिमिल्सेनाकाे अध्यक्षतामा सञ्चालन भएको शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा क्लबका सम्पूर्ण पधाधिकारि,बिबेकशिल टाेल समुहका अध्यक्ष माेति पाध्याय,प्रगतिशील महिला समुहका पधाधिकारि,लगायत अन्य स्थानियकाे बाक्लाे उपस्थितमा उक्त शैक्षिक सामाग्री हस्तान्तरण गरिएको हाे । उक्त शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रमको सञ्चालन क्लबका सचिब गाेबिन्द राज तिमिल्सेनाले गर्नुभएको थियाे ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर