
बाजुराः गौमुल गाउँपालिका अध्यक्ष हरी बहादुर रोकाया सहितका ८ जना प्रहरीले नियन्त्रणमा लिएको छ । बिहिवार बेलुका जुवा खेलिरहेको अवस्थामा नगद र तास सहित उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

सूचना दिन प्रहरीको अटेरी, डीएसपी फोन उठाउदैनन्:
बिहिबार राती यता जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख कविन्द्र सिंह बोहराका सोध्दा जुवाडेहरुको एक समुहलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा ल्याइसकेको प्रतिक्रिया दिएका छन् । नियन्त्रणमा रहेका कति जना हुन् ? को को हुन् भनेर सोध्दा कुनै प्रतिक्रिया नदिएर टेलीफोन सम्पर्कबाट बिच्छेद भएका छन् । जुवाडेहरु पक्राउ गरि जिल्ला प्रहरी कार्यालय बाजुरा ल्याइसेकेको स्वीकार गरेका उनले नाम भने खुलाउन चाहेनन् । त्यसपश्चात पटकपटकपटक फोन गर्दा उठेको छैन । यतिमात्र होईन उनले फोन समेत काट्ने गरेका छन् । यता प्रहरी निरीक्षकको सम्पर्क नम्बरमा पटकपटक फोन गर्दा पनि उक्त टेलिफोन पनि उठेको छैन । पटकपटक फोन गर्दा पनि कुराकानीमा नजोडिनुको पछाडी सूचना दिन नचाहेको उनीहरुको चरित्रार्थलाई प्रमाणित गर्दछ । जिल्ला प्रहरी कार्यालय बाजुराले राजनीति दलका नेताहरुको दबाबना परेको सूचना दिन अटेरी गर्दै आएको छ ।
यता प्रहरी निरिक्षक किशोर सिंह एरीले भने ८ जनालाई बिहिबार राती नियन्त्रणमा लिएको बताएका छन् । उनिहरुलाई जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा नगद र तास सहित नियन्त्रणमा लिएको बताएका छन् । आफु काम बिशेष कार्यालय बाहिर गएको बताउदैँ उनले कार्यालयमा सोध्न भन्दै सम्पर्क नम्बर दिए । तर उनले दिएको सम्पर्क नम्बरमा फोन गरेर सोध्दा जुवाडे पक्राउ गरेको कुरा स्विकार गरेपनि को को हुन् भन्ने प्रश्नको जफमा कुनै प्रतिक्रिया आएको छैन ।यसरी पटक पटक प्रहरी जुवाडेहरुको नाम लुकाउने खोजेको छ। पटक पटक सोध्दा पनि प्रहरीले नाम सावैजनिक गरेको छैन। पछि फोन गर्ने भन्दै तार्ने काम मात्रै गरेको छ। फेरी फोन गर्दा फोन नै नउठाउने कार्य पटकपटक दोर्होयाएको छ। प्रहरीले भित्रभित्रै मिलोमतो गरेर जुवाडेहरुलाई छोड्ने गरेको आरोप सर्वसाधरणको छ । अन्ततः जिल्ला प्रहरी कार्यालय बाजुराको ९८५८४९०६०० मा टेलिफोन गर्दा सूचना प्राप्त भएको छ सूचना दिन प्रहरीले समेत आफ्नो नाम खुलाउन चाहेनन् ।
के सजाय हुन्छ ?
जुवातास खेल्ने खेलाउने कार्यलाई नेपालको कानुनले अपराधमा राखेको छ। नयाँ अपराध संहिता लागु हुनु अगाडि सजायको व्यवस्था निकै कम भएको र त्यसले जुवातास नियन्त्रण नहुने धेरैको मत थियो। जुवा ऐन २०२० अनुसार जुवा खेल्दा वा खेलाउँदा पहिलोपटक पक्राउ परे दुई सय रुपैयाँ जरिबाना र दोस्रोपटकदेखि भने बढीमा नौ महिना कैदको व्यवस्था थियो। तर २०७५ साल भदौदेखि लागु भएको मुलुकी अपराध संहितामा जुवा खेल्ने वा खेलाउनेलाई सजाय बढाइएको छ। उक्त संहिताको दफा १२५ मा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजारसम्म जरिबानाको व्यवस्था छ। दोस्रो पटकमा एक वर्षसम्म कैद वा ५० हजारसम्म जरिबाना तोकिएको छ। दोस्रो पटक सजाय भुक्तान गरेर पक्राउ परेमा हरेक पटक थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिबाना तिर्नु पर्ने व्यवस्था छ। जुवा खेल्न प्रयोग भएको साधन र जुवा खालमा प्राप्त सम्पुर्ण चलअचल सम्पत्ति जफत हुने कानुनी व्यवस्था छ। तर जुवा खेलेको घर वा कोठा वा ठाउँ वा सवारीसाधन भने जफत हुँदैन। तर गाँउपालिकाका अध्यक्ष राेकायालाई भने बिना कारबाहीमा छोडिएको बताईएकाे छ ।