
गाेबिन्द राज तिमिल्सेना/बाजुरा: बडिमालिका नगरपालिका वडा. नम्बर ७ सिराडिमा रहेकाे परिबर्तन युवा क्लब द्वारा आयोजित बृहत् सास्कृतिक कार्यक्रम अहिले बेलुकि ७ बजेबाट सञ्चालन हुने भएको छ । बाजुराकाे बडिमालिका नगरपालिका ७ सिराडि जाऔ स्थानिय कलाकारहरु संग रमाऔ भन्ने मुल नाराका साथ परिवर्तन युवाक्लब द्वारा आयोजित सास्कृतिक कार्यक्रम अहिले साझ ७ बजेबाट सञ्चालन गरिने क्लबले जानकारि दिएकाे छ । बृहत् सास्कृतिक कार्यक्रमको मञ्च ब्यबस्थापन लगायत अन्य काम अन्तिम चरणमा पुगिसकेकाे र सात बजेबाट औपचारिक रुपमा कार्यक्रमको उद्घाटन गरिने परिबर्तन युवाक्लबले जनाएको छ । गाउघरका प्रतिभाकाे उजागर गर्न र स्थानिय कलाकारहरुकाे सम्मान गर्न को लागि कार्यक्रमको अायाेजना गरिएको बताईएकमे छ । बृहत् सास्कृतिक कार्यक्रम आयोजना गर्नुको मुख्य कारण नव उदित प्रतिभाकाे उजागर गर्नु रहेकाे छ । बृहत् सास्कृतिक कार्यक्रम बाट गाउमा लुकेका गायक गायिकाकाे पहिचान गर्न सहजता मिल्ने आयाेजक परिबर्तन युवा क्लबले जनाएको छ । क्लबकै आर्थिक तथा प्राबिधिक सहयाेगमा कार्यक्रमको आयोजना गर्न लागिएको हाे ।
क्लब द्वारा आयाेजित बृहत् सास्कृतिक कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारहरुका बजाेड साङ्गितिक प्रस्तुति रहने पनि बताएको छ । जसमा चर्चित लाेक दाेहाेरि गायक डम्बर बिश्वकर्मा, चर्चित हास्य कलाकार किरण थापा,प्रकाश बि. क, ललिता बि. क लगायत अन्य स्थानिय कलाकारहरुका प्रस्तुती रहने भएका छन । कार्यक्रममा अन्य नाच,साे डान्स,समाजिक बिकृती हटाउने राेमाञ्चक सडक नाटक,तिहार सम्बन्धि गित,लगायत कबिता,गजल,मुक्तक,मनका भावनाहरु पनि प्रस्ततु गर्न पाईने आयाेजकले जनाएको छ । रातिकाे समय भएतापनि हजाराै दर्शक ले कार्यक्रमको अवलाेकन गर्ने अायाेजकले दाबि गरेकाे छ । उक्त बृहत् सास्कृतिक कार्यक्रममा काेहि कसैले जाड रक्सि सेवन गरेर हाे- हल्ला गरेकाे खण्डमा कानुन बमाेजिम कडा भन्दा कडा कार्बाही गरिने पनि आयाेजकले जनाएको छ ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर