
बाजुरा। कार्तिक १७ गते आएको भुकम्पबाट प्रभावित बनेका कर्णाली प्रदेशको रुकुम पश्चिम र जाजरकोट जिल्लाका भुकम्प पिडितलाई त्रिवेणी नगरपालिका बाजुराले एक लाख आर्थिक सहयोग गरेकाे छ । शुक्रबार नगर कार्यपालिकाको बैठकबाट भुकम्पबाट प्रभावित बनेका पिडितहरुको राहतका लागि पालिकाले उक्त रकम सहयोग गर्ने निर्णय गरेको वडा नम्बर ४ का वडाध्यक्ष गणेश साउँदले जानकारी दिएका छन् । नगरपालिकामा नेपाल रेडक्रस सोसाइटी बाजुरा शाखाले भुकम्पबाट प्रभावित भएका पिडितको घर बनाउने र विपदको पुर्व तयारीको विषयमा छलफल समेत गरेको वडाध्यक्ष साउँदले बताए ।
कार्तिक १७ गते राति ११ बजेर ४७ मिनेटमा आएको ६ दशमलव ८ म्याग्नेच्युडको भुकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा ठुलो धनजनको क्षेती भएको छ । विपदबाट पिडित बनेका उक्त जिल्लाका पिडितलाई नगरपालिकाको विपद कोषबाट एक लाख रकम सहयोग गरेको नगर प्रमुख कर्णबहादुर थापाले बताएका छन् । विपदमा परेकालाई सहयोग गर्नु मानवीय धर्म भएकाले पालिकाले आर्थिक सहयोग स्वरुप राहत सहयोग गरेको नगर प्रमुख थापाले बताएका छन् ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर