बाजुरा। जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर ५ क्युडीमा रहेको कुलमस्टाजन आधारभुत बिधालयमा अध्ययनरत १ सय ५५ जना विद्यार्थीहरु लाई झोला तथा कलम बितरण गरीएको छ । हिमाली गाउँपालिकाको समन्वयमा नेपालको साथि र रबि पेन्टोनी नामक संस्थाको सहयोगमा बिधालयमा अध्ययनरत करिब १ सय ५५ जनालाई झोला र कलम वितरण गरिएको छ। हिमाली गाउँपालिका अध्यक्ष गोविन्द मल्ल, नागरिक समाजका अगुवा जनेस भण्डारी, हिमाली गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष भिमानन्द पान्डे र वडा नम्बर ५ का वडा अध्यक्ष प्रदिप बुढथापा, हिमाली गाउँपालिका सुचना अधिकारी राजबहादुर भण्डारी, उपाध्यक्ष राजकला सार्की लगायत स्थानीयको उपस्थितमा बिद्यालयमा अध्ययनरत बिद्यार्थीलाई झोला वितरण गरीएको हो ।
गाउँपालिकाको विशेष पहलमा दुर्गम तथा पिछडिएको गाउँपालिका भित्र क्युडीमा रहेको उक्त बिद्यालयमा सानो सहयोग भएपनि झोला वितरण गरिएको हिमाली गाँउपालिकाले जनाएको छ । । बिधालयमा रहेका विद्यार्थीलाई पठनपाठनमा सहजता तथा पढाई गुणस्तरीय बनाउन संगै हौसला प्रदान गर्न बिधालयमा अध्ययनरत बालबालिकाहरु लाई बिद्यालयमै पुगेर झोला र कलम वितरण गरिएको गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताएका छन।फेरी पनि यस्तै पालिका भित्र रहेका दुर्गम तथा पिछडीएका बिद्यालयका बिद्यार्थीहरुलाई गाँउपालिकाको समन्वयमा झोला लगायत अन्य सामाग्री बितरण गरीने पनि अध्यक्ष मल्लले बताएका छन ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर