बाजुरा। हिमाली गाउँपालिकामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धि पालिका स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।“भ्रष्टाचार विरुद्धको सहकार्य सुशासनका लागि अपरिहार्य” भन्ने मुख्य अभियानका साथ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरको आयोजनामा हिमाली गाउँपालिकाको सभा हलमा कार्तिक २३ गते बिहीबार पालिका स्तरीय अन्तरक्रिया कार्यक्रम गरीएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालयका सह सचिव असमान तामाङको अध्यक्षतामा सुरु भएको अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । कोपालिका स्तरीय बजेट कानुन दायरा बलियो बनाउन जरुरी रहेको भ्रष्टाचार कहिलै नियन्त्रण हुदैनन् तर यसलाई न्यूनीकरण गर्नसकिन्छ गलत नियतले दिइएको उजुरी पत्ता लागेमा ५ हजार जरिवाना गर्न कानुनी व्यवस्था समेत रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सह सचिव असमान तामाङले बताउनुभएको छ । हिमाली गाउँपालिका लाई सुखी हिमाली समृद्धि हिमाली बनाउन जनप्रतिनिधि तथा कर्मचारी सहित स्थानीयहरुको ठुलो भुमिका रहने हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताएका छन।
एक औपचारीक कार्यक्रमका बिच अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालयका सह सचिव असमान तामाङको अध्यक्षतामा सुरु भएको अन्तक्रिया कार्यक्रममा गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल बिशिस्ट अतिथि रहनुभएको थियो। गाँउपालिका उपाध्यक्ष राजकला सार्की, प्रमुख प्रशासकीय अधिकृत जनकलाल चौधरी लगायत बिभिन्न वडा अध्यक्ष,वडा सदस्य, पालिका कर्मचारी,बिभिन्न कार्यालयका प्रमुख एवम प्रतिनिधि,सुरक्षा निकायका प्रमुख एवम प्रतिनिधि,स्थानियहरुको सहभागितामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धि पालिका स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरीएको गाँउपालिकाले जनाएको छ ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर