
बाजुरा– बुढिगंगा नगरपालिकामा आयोजना गरिएको प्रथम मेयर कप भलिवल प्रतियोगिताको उपाधी मेल्ललेख गाउँपालिका अछामले हात पारेको छ । बिहिबार भएको सेमीफाइनल खेलमा आदर्श गाउँपालिका डोटीलाई हराउँदै मेल्लेख अछाम मेयर कपको उपाधि जित्न सफल भएको हो ।त्यस्तै मेयर कप प्रतियोगितामा आदर्श गाउँपालिका डोटी उपबिजेता बनेको छ भने तृतीय अछामकै बान्नीगढी गाउँपालिका बनेको छ । प्रतियोगिताको बिजेता बनेको मेल्लेख गाउँपालिका अछामलाई नगत १ लाख ५६ हजार ७ सय ७७ ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिएको नगरप्रमुख राम बहादुर बानियाले बताएका छन ।
मेयर कपको उपबिजेता आदर्श गाउँपालिका डोटीलाई नगद १ लाख ७ हजार ७ सय ७७ ट्रफी मेडलसहित प्रमाणपत्र प्रदान गरिएको छ भने तृतीय बनेको बान्नीगढी जगयगढ गाउँपालिका अछामलाई नगद ५७ हजार ७ सय ७७ रुपैयाँ प्रदान गरिएको छ भने सान्त्वना भएको भिमदत्त नगरपालिका कञ्चनपुलाई पनि पुरस्कार प्रदान गरिएको बताइएको छ । उक्त प्रथम मेयरकप भलिबल प्रतियोगिता बडिमालिका क्याम्पस फलासैनमा सञ्चालन भएको थियो ।
उक्त प्रतियोगिता कार्तिक १९ गतेदेखि सुरु भई बिहिबार एक कार्यक्रमका बिच समापन गरिएको बुढिगंगा नगरपालिकाले जनाएको छ । नगरपालिकामा खेलाडी र खेल क्षेत्रको विकासमा टेवा मिलोस् भन्ने उदेश्यका साथ सुरु गरिएको प्रथम मेयर कपमा जम्मा १६ वटा टिम सहभागि भएको नगरपालिकाले जनाएको छ ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर