
बाजुरा। जिल्लाको हिमाली गाउँपालिकामा ३ दिने निः शुल्क स्वास्थ्य शिविर आजबाट संञ्चालन भएको छ ।हिमाली गाउँपालिकाको आयोजना तथा मनमोहन मेमोरियल मेडिकल कलेजको प्राविधिक सहयोगमा आजबाट निशुल्क ३ दिने स्वास्थ्य शिविर संञ्चालन भएको हो । ३ दिन सम्म संञ्चालन हुने स्वास्थ्य शिविरमा विभिन्न रोगका विशषेज्ञ डाक्टरहरुबाट सेवा प्रदान गरीने हिमाली गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका नागरिकको उपचारमा सहज होस भन्ने उदेश्यले स्वास्थ्य शिविर आयोजना गरिएको हिमाली गाउँपालिकाका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताए छ्न। आर्थिक अभावकै कारणले कुनै पनि नागरिकले ज्यान गुमाउन नपरोस भन्ने उदेश्यका साथ गाउँमै बिषेशज्ञ सहित शिबिर सञ्चालन गरिएको अध्यक्ष मल्लले बताएका छन ।शिविरबाट करिब ३ हजार जनाको स्वास्थ्य परिक्षण गर्ने उदेश्य रहेको गाउँपालिकाले अध्यक्ष मल्लले बताए । स्वास्थ्य शिविरका क्रममा शिविरमा उपचार हुन नसके उपचारका लागि गाउँपालिकाले काठमाडौँमा निःशुल्क उपचारको लागी पठाइने पनि अध्यक्ष मल्लले बताएका छन ।
हिमाली गाउँपालिकाको आयोजना र नेपालको साथीहरु संस्थाको सहयोगमा मनमोहन मेमोरियल शिक्षण अस्पतालका चिकित्सकहरुको सहभागितामा स्त्री रोग विशेषज्ञ, नसा तथा हाड जोर्नी रोग विशेषज्ञ, नाक,कान घाटी रोग विशेषज्ञ, चर्म रोग विशेषज्ञ र जनरल फिजिसियन द्वारा निशुल्क स्वास्थ्य शिविर संचालन गरीएको हिमाली गाउँपालिकाले जनाएको छ ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर