मिन बहादुर खड्का बाजुरा: बाजुरामा २०७४ को स्थानीय निर्वाचनमा निवाचित स्थानीय तहका जनप्रतिनिधिले पालिकाको आ(आफ्नै गाडी खरिद गरेका छन् । ९ वटा स्थानीय तह रहेका बाजुरामा स्वामिकार्तिक खापर गाउँपालिका,खप्तड छेडेदह गाउँपालिका र गौमुल गाउँपालिका बाहेकका अन्य ६ वटा स्थानीय तहका आफ्नै गाडी छन् ।९ वटा स्थानीय तह भएको बाजुरामा ४ पालिकाका मात्रै बिरामी बोक्ने एम्बुलेन्स छन् । एम्बुलेन्स खरिद गर्ने पालिका स्वामिकार्ती खापर गाउँपालिका, हिमाली गाउँपालिका, बडीमालिका नगरपालिका र बुढीगंगा नगरपालिका रहेका छन् । अन्य पाँच पालिका संग एम्बुलेन्स छैनन् । यता खप्तड छेडेदह गाउँपालिका र गौमुल गाउँपालिकाले नत एम्बुलेन्स खरिद गर्न सकेको छ नत पालिकाको गाडी नै खरिद गर्न सकेको छ । २०७९ मा भएको स्थानीय निर्वाचनमा निर्वाचीत जनप्रतिनिधि आउनु भन्दा अगाडी नै पालिकाले गाडी खरिद गरिसकेका थिए।बरु गाडीको दुरुपयोग अहिलेका जनप्रतिनिधिले गरिरहेको आरोप छ ।
“गाडीको दुरुपयोग गर्नेमा उसो त आफु संग गाडी भएका कुनै पालिका अछुत छैनन् कसैले कम कसैले बढी गरे होलान्, आफ्ना आसेपासे र कार्यकर्तालाई आफु अनुकुल प्रयोग गरिरहेका छन्” बुढीगंगा नगरपालिकाका एक स्थानीयले भने,जनताको सेवाका लागि राजनीतिमा आएकाहरुले पहिला आफु चढ्ने गाडी किने, जुन गाडीहरू जनप्रतिनिधि बाहेकले प्रयोग गर्न पाउदैनन् । स्थानीय तहका गाडीहरूको दुरुपयोग हुने गरेको जनगुनासो जनस्तरबाटै आउने गरेको छ । प्रयोग गर्नै पर्यो भने आफु अनुकूलका व्यक्तिलाई जनप्रतिनिधिले प्रयोग गर्न दिएको आरोप जनप्रतिनिधि माथि सर्वसाधारणले लगाउने गरेका छन् । यतिमात्र होईन जनप्रतिनिधिले आफ्ना व्यक्तिगत प्रयोजनका लागि र पार्टीका कार्यक्रममा समेत स्थानीय तहका गाडीको प्रयोग गर्दै आएको एक श्रोतले आफ्नो नाम नखुलाउने सर्तमा बताएको छ । आफ्ना श्रीमती छोराछोरीहरु र आसेपासे र कार्यकर्ता बोक्न बाजुराका स्थानीय तहका जनप्रतिनिधिले प्रयोग गर्दै आएको दाबी समेत श्रोतको छ ।
बाजुरामा सुबिधा सम्पन्न अस्पताल छैन। जटिल रोगका लागि जिल्ला बाहिर रिफर गर्नुको अर्को विकल्प छैन । सुत्केरी महिला र गम्भीर अवस्थामा रहेका बाहेकका बिरामीले जिल्ला अस्पताल बाजुराको एम्बुलेन्सको सेवा पाँउदैन । सार्वजनिक सवारी साधन चढेर अस्पताल जानुको अर्को विकल्प छैन । जसका कारण समयमा उपचार नपाई ज्यान जाने समस्या छ । अस्पताल सम्म पुग्न नपाउदै बिच बाटोमै प्राण त्यागेर फर्किएका कयौं घटनाहरु छन् । जसको तथ्यांक समेत स्थानीय सरकारहरुले राख्दैनन् । समयमा उपचार नपाउदा आफ्ना कति जना नागरिकले ज्यान गुमाए भन्ने कुरामा स्थानीय सरकारको ध्यान छैन ।“बिरामीहरु समयमा उपचार नपाएर प्राण त्याग्छन्, तर स्थानीय तहका गाडी नगरपालिकाको र गाउँपालिकाको कार्यालय अगाडी आराम गरिरहेका हुन्छन् , नेताहरुले प्रयोग गर्ने समय बाहेकका समय यी गाडीहरु प्रयोग बिहिन जस्तै हुन् जनताका सेवक हु भन्नेहरुले के सर्वसाधारणले चढ्ने सवारी साधनमा यात्रा गर्नैहुन्न भन्ने छ र रु उहाँहरुलाई सेवासुबिधा बाफत यातायात खर्च पाउने व्यवस्था राज्यले गरेकै छ, गाडी किन्नुपर्ने भन्ने पनि त छैन, गाडी नचाहिने त होईन तर जनताका बिरामी हुँदा अस्पताल सम्म पुग्न सवारी साधनलाई भाडा समेत पाँउदैनन् । समयमा उपचार पाँउदैनन् , जनताका सेवक हु भन्नेहरूले पहिला आफ्ना लागि गाडी किन्ने ठाउँमा बिरामी बोक्ने एम्बुलेन्स किन्न सकेनन् के राज्यले एम्बुलेन्स किन्न हुँदैन भनेको छ र ” रु बडीमालिकाका एक स्थानीयले आफ्नो नाम नखुलाउने सर्तमा भने, आफुलाई किन्न छोडेर का जनताको बारेमा सोच्थे, जनता मरेपनी यी नेताहरु के मत्लब, जनता त चुनाबका बेला मात्रै चाहिने हुन् ”उनले थपे
जनप्रतिनिधिको चर्को आलोचना:
यतिबेला बाजुरामा स्थानीय तहका गाडीहरू व्यक्तिगत प्रयोजनका लागि प्रयोग भैरहेको भन्दै स्थानीय तहका जनप्रतिनिधिको चर्को आलोचना भैरहेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले सरकारी गाडीको दुरुपयोगको बिषयलाई लिएर व्यापक बिरोध र जनप्रतिनिधिको चर्को आलोचना गरिरहेका छन् । यतिमात्र होईन स्थानीय तहका जनप्रतिनिधि प्रती जनता आक्रोशित समेत छन् ।“जनतालाई बिहान बेलुका छाक तार्नै मुस्किल छ, नेताहरू गाडीमा हिड्छन् , गरिब जनता बिरामी हुँदा गाडी भाडा पाँउदैनन् । पैसा हुँदैन निशुल्क अस्पताल कसले पुर्याइदिने रु यहीँ होला विकास, यहीँ होला समाजबाद, अनि यहीँ होला नेताहरूको राष्ट्रबाद, यहीँलाई भन्ने त होला नी जनताको सेवा” रु बुढीगंगा नगरपालिका २ का स्वतन्त्र युवा विद्यार्थी धिरेन्द्र थापाले भने, आफ्ना व्यक्तिगत प्रयोजनमा प्रयोग गर्ने, आफ्ना आसेपासे र आफ्ना कार्यकर्तालाई बोक्ने गाडीमा बिरामीलाई बोक्न किन हुँदैन रु यस्ता प्रश्नहरु नागरिकले गरिरहेका छन् । जनताको सेवक हु भनेर राजनीतिमा आएकाहरु आफ्ना र आफ्न बाहेकका बारेमा चिन्ता र चाँसो देखाउदैनन् ।तर यता स्थानीय तहका जनप्रतिनिधि भने सर्वसाधारणले लगाउने गरेको आरोप स्विकार्न तयार छैनन् । आलोचना गर्नेहरूले जस्तोसुकै आरोप लगाएपनी नियम बिपरित नचलाएको जनप्रतिनिधिले दाबी गर्दै आएका छन् ।
बडीमालिकाको कृषि एम्बुलेन्स मान्छे बोक्ने प्रयोजनका लागि प्रयोग भइरहेको आरोप:
बडीमालिका नगरपालिका संग आफ्नै गाडी छ। नगरपालिकाको एक एम्बुलेन्स पनि छ भने कृषि प्रयोजनका लागि नगरपालिकाले कृषि एम्बुलेन्स पनि सञ्चालनमा ल्याएको छ । तर पछिल्लो समय उक्त कृषि एम्बुलेन्स भनिएको गाडीमा मान्छेहरु समेत सवार गर्ने गरेको जनगुनासो छ ।
स्थानीय स्तरमा उत्पादित तरकारी फलफूल लगायतको स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउने उदेश्यले खरिद गरेर सञ्चालनमा ल्याइएको कृषि एम्बुलेन्स पछिल्लो समयमा मान्छे बोक्ने प्रयोजनमा समेत प्रयोग भैरहेको आरोप बडीमालिका नगरपालिकाकै एक स्थानीयले आफ्नो नाम नभन्ने सर्तमा बताएका छन् । यता गाडी चालक पदम रावलले भने केही समय अगाडी नगरपालिकाको भने अनुसार मान्छे बोक्ने गरेको भएपनि अहिले भने तरकारी नै बोक्ने गरेको जिकिर गरेका छन् ।यता नगरपालिकाका कृषि शाखा प्रमुख रमेश विकले भने कृषि एम्बुलेन्स भनेर खरिद गरेको भएपनि उपमेयरले पनि खाली भएको समयमा प्रयोग गर्दै आएको बताएका छन् । अन्यले प्रयोग नै गर्न नपाईने भन्ने नरहेको उनको तर्क छ । तर कृषि काम थाती राखेर व्यक्तिगत प्रयोजनका लागि भने प्रयोग नगरेको उनको दाबी छ ।
उसो त बडीमालिकाका कृषकहरु पिठ्युँमा बोकेर आफुले उत्पादन गरेको तरकारी बिक्री गर्न घण्टौ सम्मको पैदल यात्रा गरेर सदरमुकाम पुग्छन् । कृषि एम्बुलेन्सले सबै किसानहरुलाई छुएको छैन। व्यावसायिक रुपमा तरकारी वा फलफुल खेती गरिहेका किसानहरुलाई भने बिचमा सडक अबरुद्धका बेला समस्या भएपनि अन्य बेला ठुलो राहात पुगेको छ। बारीसम्मै पुगेर तरकारी वा फलफुल ढुवानी गरेर ल्याउने गरेको छ। तर एम्वुलेन्स सञ्चालन भएपश्चिात पनि साना किसानहरुको भने समस्या उहिँ छ ।सबै किसानका बारी सम्म नपुगेको जनगुनासो छ । कार्यबिधी नै बनाएर साना ठुला सबै किसानहरु लाभान्वित हुने गरि सञ्चालन गर्ने तयारीमा रहेको नगरपालिकाको दाबी छ । सर्वसाधारणले भने जस्तो कृषि एम्बुलेन्स मान्छे बोक्ने प्रयोजनका लागि प्रयोग नगरेको बडीमालिका नगरपालिकाको कार्यालयले दाबी गरेको छ ।