• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 13, Jul, 2025
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  समाचार

भूकम्प इतिहासका ८०० वर्ष

खप्तड मालिका न्युज November 7, 2023 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

नेपालमा ठूलो भूकम्पको चक्र सय वर्षमा हुने देखिन्छ। प्रत्येक सय वर्षको हाराहारीमा ठूला भूकम्प जानुले यो पुष्टि भइरहेको छ। यस अर्थमा भूकम्पका दृष्टिकोणले नेपाल असाध्यै जोखिममा छ। नेपालको भौगोलिक संरचना कारण बारम्बार भूकम्प गइरहने विज्ञहरूको तर्क छ। धेरै ठूला भूकम्पले नेपालमा जनधनको पनि ठूलै क्षति भइरहेका तथ्य छन्। नेपालमा पहिलो पटक भूकम्प कहिले गयो भन्ने यकिन तथ्य प्रमाण पाइँदैन।

नेपालमा गोपालवंश, महिषपालवंश, किराँतवंश, लिच्छविवंश, मल्लवंश र शाहवंशले लामो समय शासन गरेको देखिन्छ। यसबीच अन्य केही समय सोमवंश र ठकुरीवंशको शासन नेपालमा चलेको थियो। नेपालको प्रामाणिक इतिहास लिच्छविकालदेखि मात्रै छ। शिलालेखहरूमा भने वि.सं ५२२ पछि पाइएका अभिलेखमा नेपाल शब्दको उल्लेख छ। जतिबेला नेपालमा लिच्छविकालीन शासन थियो। भूकम्पको इतिहास भने नेपालमा आठ सय वर्षअघिदेखिको मात्र भेटिएको छ। पछिल्लो आठ सय वर्षको अन्तरालमा भूकम्प गएको पाइन्छ। मल्लकालपछिका भूकम्पको तथ्यमात्रै इतिहासकारले भेटाएका छन्। भूकम्प सम्बन्धमा ब्रह्मशमशेर जंगबहादुर राणाले लेखेको ‘नेपालको महाभूकम्प’ सबैभन्दा चर्चित छ। यसमा रहेका कतिपय तथ्य पनि गलत रहेको इतिहासकार महेशराज पन्तको भनाइ छ। उनका अनुसार गोपाल राजवंशावली, मण्डल वंशावली, भाषा वंशावलीसहित पुराना हस्तलिखित पात्राहरूमा भूकम्पसम्बन्धी विवरणहरू उल्लेख गरिएको पाइन्छ।

भूगर्भविद्द्वय जीआर चित्रकार र माधवराज पाण्डेले अंग्रेजी भाषामा लेखेको ‘इतिहासमा चढेका, नेपालमा गएका भैंचाला’ भन्ने लेखमा नेपालमा गएका भूकम्पको बारेमा उल्लेख गरेका छन्। लिच्छविकालका २५० अभिलेखमा भूकम्पबारे कहीँ उल्लेख छैन तर पनि त्यो बेला पनि भूकम्प गएको हुन सक्ने ऐतिहासिक तथ्यहरूले स्पष्ट देखाउँछ। लिच्छविकालका मानगृह, कैलाशकुटलगायतका अधिकांश मठमन्दिर ढुंगा बनाउनुले भूकम्प जोखिमलाई स्पष्ट पार्छ। इतिहासकार दिनेशराज पन्त ऐतिहासिक तथ्य भेटिएको सबैभन्दा पुरानो भूकम्प भनेको विक्रम सम्बत् १२८० लाई मान्छन्। जुन त्यस वर्षको पौष शुक्ल प्रतिपदाका दिन गएको भनिन्छ। त्यसबेला चार महिनासम्म जमिन हल्लिरहेको वंशावलीमा उल्लेख छ। भूकम्पका कारण १५ दिनदेखि एक महिनासम्म देश छाडेर बाहिर जानु परेको विवरण पनि ऐतिहासिक दस्तावेजमा पाइन्छ। १२८० सालदेखि हाल ५० ठूला भूकम्प गएको विवरण छ। साना भूकम्प र परकम्प भने हजारौं गइरहेका छन्।

वि।सं। १३१२ मा ठूलो भूकम्प गएको इतिहासमा भेटिन्छ। यो भूकम्पबाट तत्कालीन राजा अभय मल्लको मृत्यु भएको थियो। जतिबेला थुप्रै देवालय र घरहरू भत्किए। देशको कुल जनसंख्याको तीन भागको एक भाग सर्वसाधारणको पनि मृत्यु भएको विवरण विभिन्न लेख र पुस्तकमा उल्लेख छ। १३१६ सालमा राजा जयदेवको पालामा पनि भूकम्प गएको थियो। त्यो बेलाको भूकम्पले पनि धेरै भवन भत्काइएको थिए भने भूकम्पका कारण मुलुकमा महामारी र त्यसपछि अनिकाल परेको थियो। १४०१ सालमा गएको भूकम्पलाई ठूलो भूकम्प भनी विभिन्न पुस्तकमा लेखिएको छ। उक्त भूकम्प दसैंको फूलपातीका दिन गएको तथ्य भेटिन्छ। त्यसको भोलिपल्ट महाअष्टमीका दिन राजा अरि मल्लको मृत्यु भएको देखिन्छ। त्यसबेला भक्तपुर शासनको केन्द्र थियो। तर अरि मल्लको मृत्यु भने देउपाटन (पशुपति क्षेत्र)मा भएको उल्लेख छ। त्यसबेला राजाहरूको राज्याभिषेक देउपाटनमा गर्ने चलन थियो। मृत्यु हुन लागेकाहरूलाई पशुपति क्षेत्र लाने चलनअनुसार अरि मल्ललाई पनि त्यसबेला देउपाटन लगिएको हुन सक्छ। भूकम्पका कारण मुलुकमा महामारीका साथै अनिकाल परेको थियो।

विसं १४६४ मा गएको भूकम्पले मत्स्येन्द्रनाथको मन्दिरका साथै अन्य थुप्रै मठमन्दिर भत्किए। भूकम्पका कारण रातो मच्छिन्द्रनाथको मन्दिरलगायत दर्जनौं मन्दिर ढले। जमिनमा ठूलठूला धाँजा फाटे, जसले गर्दा पानीका मुहानसमेत सुक्ने तर नयाँ स्थानमा आउने भए। यो भूकम्पले सयौं मानिस तथा पशुको ज्यान जानुका साथै हजारौं घर भत्किए भन्ने इतिहास भए पनि कति मानिस मरे उल्लेख छैन। वि.सं १७३८ को भूकम्पले धेरै घर मन्दिर भत्किए। विसं १८२४ असार १ गते एकै दिनमा २१ पटक भूकम्पको धक्का महसुस गरियो। यसले के कति धनजनको क्षति पुर्‍यायो भन्ने यकिन अभिलेख छैन। विसं १८६६ को भूकम्पले पशुपतिनाथको देवललाई केही गरेन तर अन्य थुप्रै मन्दिर भत्काइदियो।

वि.सं १३१२ मा ठूलो भूकम्प गएको थियो। यो भूकम्पबाट तत्कालीन राजा अभय मल्लको मृत्यु भएको थियो। कुल जनसंख्याको तीन भागको एक भाग सर्वसाधारणको पनि मृत्यु भएको थियो।वि.सं १८८० सालमा यमपञ्चकका दिन एकै स्थानमा बसेका सातवटा ग्रह छुट्टिएको पाइन्छ। त्यही भएर उक्त दिन भूकम्प गएको भन्ने बुझाइ रहेको छ। जानकारका भनाइमा एकैदिनमा १७ पटक भूकम्प गएको थियो। त्यो विपत्तिले पनि निकै क्षति पुर्‍यायो जसको क्षति पनि यकिन भएको पाइँदैन। त्यसपछिका नेपालमा गएका भूकम्पहरूको भने तथ्यांक स्पष्ट पाइन्छ।

१८९० भदौ १२ गते सोमबार बेलुका करिब ६ बजेतिर ठूलो विनाशकारी भूकम्प गएको तथ्य छ। त्यही दिन राति ११ बजे परकम्पको धक्का महसुस भयो। जसकारण हनुमानढोकाभित्रको भण्डारखालमा राजाहरूले र टुँडिखेलको खुला चौरमा सर्वसाधारण रात कटाए भन्ने पाइन्छ। जसले भक्तपुर, ठिमी, साँखु, बनेपालाई धेरै प्रभाव पारेको अभिलेखमा छ। सोही भूकम्पका कारण काठमाडौंमा रहेका दुईवटा धरहरामध्ये एउटा पूरै ढल्यो। अर्को धरहरा आधामात्रै भत्कियो। सो भूकम्प गएको एक महिना नबित्दै असोज १० गते राति अर्को भूकम्प गएको पाइन्छ। जसले भत्किन बाँकी संरचनालाई तहसनहस पार्‍यो। त्यसको एक वर्षपछि अर्थात् १८९१ असार र असोज महिनामा फेरि दुईवटा ठूला भूकम्प गए। पानी परिरहेका बेला यी भूकम्प गएकाले बागमतीमा ठूलो बाढी आएको थियो।

प्राप्त तथ्यांक हेर्दा १९९० माघ २ को भूकम्प ८.३ रेक्टर स्केलको थियो। त्यसमा ८ हजार ५ सय ३२ जनाको ज्यान गएको थियो भने १८ हजार ७ सय १३ जना घाइते भएका थिए। त्यसबेला उपत्यकामा १२ हजार ३ सय ९६ घर, पहाडमा ६४ हजार ७ सय ४२ घर र तराईमा ३ हजार ७ सय ५४ घर पूर्ण क्षति भएका थिए। उपत्यकामा २५ हजार ६ सय ५८ घर, पहाडमा ७३ हजार २ सय ५३ घर र तराईमा ५ हजार ६ सय १० घर आंशिक क्षति भएको विवरण छ। जुन भूकम्पलाई इतिहासको सबैभन्दा ठूलो विनाशकारी भूकम्प मानिन्छ। यही दिन पारेर नेपालमा भूकम्प सुरक्षा दिवस पनि मनाइँदै आइएको छ।

२०३७ साउन १४ गते आएको भूकम्प ६.५ रेक्टर स्केलको थियो। बझाङ केन्द्रबिन्दु भएको यो भूकम्पले १ सय ७८ जनाको ज्यान लियो भने ४० हजारभन्दा बढी घरमा क्षति तुल्यायो। २०४५ भदौ ५ गतेको ६.९ रेक्टर स्केलको भूकम्प उदयपुर केन्द्रबिन्दु भएर गएको थियो। त्यो भूकम्पमा पूर्वी नेपालमा ७ सय २१ जनाको मृत्यु भएको थियो भने ६ हजार २ सय १३ जना घाइते भए। त्यसबेला १४ हजार ९ सय ६४ घर पूर्ण क्षति, ३३ हजार ९ सय ५९ घर चिराचिरा परेर प्रयोग गर्न नमिल्ने र २४ हजार ४ सय ९६ घर आंशिक क्षति भएका थिए।

२०६८ असोज १ गते पूर्वी नेपाललाई केन्द्रबिन्दु बनाएको भूकम्पले ठूलै क्षति गरेको थियो। त्यसको मापन ६.८ रेक्टर स्केलको गरिएको थियो। ताप्लेजुङ र भारतको सिक्किम केन्द्रबिन्दु भएको यो भूकम्पका कारण नेपालमा ६ जनाको मृत्यु हुनुका साथै साढे ६ हजार घर पूर्ण क्षति भएका थिए। १२ हजारभन्दा बढी घरमा आंशिक क्षति तुल्यायो भने डेढ हजारभन्दा बढी सार्वजनिक भवन पनि क्षतिग्रस्त भए। २०७२ वैशाख १२ गते ११ः५६ बजे गएको भूकम्प ७.६ रेक्टर स्केलको थियो। गोरखाको बारपाक केन्द्रबिन्दु भएको यो भूकम्पका कारण ८ हजार ९ सय ७० जनाको मृत्यु हुनाका साथै २२ हजार ३ सय २ जना घाइते भएका थिए।

२०७२ वैशाख १३ गते दोलखा केन्द्रबिन्दु भएर ६।९ रेक्टर स्केल र वैशाख २९ गते दोलखा केन्द्रबिन्दु भएर ६.८ रेक्टर स्केलको भूकम्प गएको थियो। यस भूकम्पमा ८ लाख ६६ हजार २ सय ७ निजी घर पूर्ण क्षति भएका र ४७ हजार ८ सय २७ घर आंशिक क्षति भएका थिए। २०८० असोज १६ गते बझाङ केन्द्रबिन्दु बनाएर गएको ६.३ रेक्टर स्केलको भूकम्पका कारण एक जनाको ज्यान गएको थियो। १ सय ३५ घर क्षतिग्रस्त भएका थिए। २०६५ मंसिर ३१ गते हुम्ला केन्द्रबिन्दु बनाएर ६.० रेक्टर स्केल, २०७७ भदौ ३१ गते सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर ६.० रेक्टर स्केल, २०७९ साउन १५ गते खोटाङ केन्द्रबिन्दु बनाएर ६.० रेक्टर स्केल र सोही वर्षको कात्तिक २३ गते डोटी केन्द्रबिन्दु बनाएर ६.६ रेक्टर स्केलको भूकम्प गएको थियो।

२०८० कात्तिक १७ गते राति ११ः४७ का ६.४ रेक्टरको भूकम्प गयो। यो सबैभन्दा पछिल्लो भूकम्प हो। जाजरकोटमा १ सय १ र रुकुममा ५२ गरी १ सय ५३ जनाको मृत्युको मृत्यु भयो। मृत्यु हुनेमा ९७ महिला र ५६ पुरुष छन्। यसबाट जाजरकोट र पश्चिम रुकुमका ठूलो धनजनको क्षति भएको छ। नेपालमा गएका भूकम्पमध्ये ऐतिहासिक तथ्य भेटिएको सबैभन्दा पुरानोे १२८० सालमा गएको भूकम्प हो। यसले सय वर्ष भूकम्पीय चक्र हुने पुष्टि गर्छ। पृथ्वीको दोहनका गरेका कारण भूकम्प गइरहेको बताइन्छ। झन्डै आठ सय वर्ष नेपालको इतिहासमा कुल ५० ठूला भूकम्प गएको देखिन्छ।

विभिन्न पुस्तक र लेखमा आधारित।

एजेन्सीको सहयोगमा

सम्बन्धित पोस्ट
  • रेडियो अपिका प्रबन्ध निर्देशक कटेलले गरे सिंहलाई रक्तदान
  • युवा क्लबको सक्रियता र स्थानीय जनश्रमदानमा काठेपुल निर्माण
  • भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
  • बडीमालिका ७ मा “एक घर,एक धारा ”अभियान अन्तरर्गत ८४ धारा निमार्ण,बाँकी गतिशील रूपमा अघि बढ्दै
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    रेडियो अपिका प्रबन्ध निर्देशक कटेलले गरे सिंहलाई रक्तदान

    युवा क्लबको सक्रियता र स्थानीय जनश्रमदानमा काठेपुल निर्माण

    भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

    समाचार

    रेडियो अपिका प्रबन्ध निर्देशक कटेलले गरे सिंहलाई रक्तदान

    युवा क्लबको सक्रियता र स्थानीय जनश्रमदानमा काठेपुल निर्माण

    भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

    बडीमालिका ७ मा “एक घर,एक धारा ”अभियान अन्तरर्गत ८४ धारा निमार्ण,बाँकी गतिशील रूपमा अघि बढ्दै

    सुदूरपश्चिम प्रदेश सरकारमा ७० प्रतिशत बजेट खर्च, ९ अर्ब फ्रिज

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2025: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑