धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले भूकम्प प्रभावित कर्णालीका पीडितका लागि एक करोड रकम दिने भएको छ । शनिबार बिहान बसेको प्रदेश सरकार मन्त्रिपरिषद्को आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो । मन्त्रिपरिषद्को बैठकपछि आयोजना गरिएको पत्रकार सम्मेलनमा मुख्यमन्त्री कमलबहादुर शाहले कर्णालीका भूकम्प पीडितका लागि प्रदेश सरकारले एक करोड रकम उपलब्ध गराउने निर्णय गरिएको बताए।
उनले, आजै २० जनाको स्वास्थ्यकर्मीको टोली पनि प्रभावित क्षेत्र पठाउने निर्णय भएको जानकारी दिए । औषधी, स्वास्थ्य उपकरण र अन्य राहत सामाग्रीसहित आज नै टोली कर्णाली जाने उनको भनाई छ।प्रदेश सरकारले भूकम्पमा परेर ज्यान गुमाउनेहरू प्रती श्रद्धाञ्जली व्यक्त गरेको छ भने घाइतेहरूको सिघ्र स्वास्थ लाभको कामना गरेको छ ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर