जाजरकोट भूकम्प पछि भौतिक संरचना भत्केर जाजरकोटमा ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ। जाजरकोटका डीएसपी सन्तोष रोकाले भूकम्पमा परी ३६ जनाको मृत्यु भएको पुष्टि गरेका छन्।भूकम्पमा परी जाजरकोटको नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहको मृत्यु भएको छ। झन्डै १०० जना घाइते भएको र उनीहरूको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ। घाइतेमध्ये ७ जनालाई उपचारका लागि जिल्ला बाहिर रिफर गरिएको छ।
भूकम्पछि ठाउँ ठाउँमा पहिरो गएको जाजरकोट प्रहरीले जनाएको छ। पहिरो जाँदा जाजरकोट डोल्पा सडकको रिम्ना सडकखण्ड अवरुद्ध भएको छ।शनिबार राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्प गएको हो। रातिको समय भएकाले क्षतिको यकिन विवरण आउन सकेको छैना।भूकम्पबाट मानवीय तथा भौतिक संरचनामा ठूलो क्षति भएको अनुमान गरिएको छ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर