काठमाण्डौः शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन केन्द्रले जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।भूकम्प ६.४ म्याग्निच्युडको गएको पुष्टि भएको छ ।राष्ट्रिय भूकम्प मापन केन्द्रले राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर सो भूकम्प गएको जानकारी दिएको छ । पश्चिम नेपालको जाजरकोटलाई केन्द्रविन्दु बनाएर शुक्रबार राति आएको ६.४ म्याग्निच्युडको भुइँचालोले रूकुमको आठविसकोट नगरपालिकामा कम्तिमा १४ जनाको मृत्यु भएको छ।आठविसकोट नगरपालिकाका उपप्रमुख धनकुमारी शाहीका अनुसार वडा नम्बर ११ मा सबभन्दा बढी सात जनाको मृत्यु भएको छ भने वडा नम्बर १२ मा चार जना र वडा नम्बर १३ मा तीन जनाको मृत्यु भएको छ
‘अहिलेसम्म तीनवटा वडामा गरेर १३ जनाको मृत्यु भएको खबर आएको छ। पूर्ण विवरण अझै आइसकेको छैन, उनले सञ्चारडवलीसँग भनिन्, कुन ठाउँमा कति घर क्षति भयो भन्ने पनि स्पष्ट भइसकेको छैन। हामी उद्दारका लागि उपलब्ध सबै संयन्त्र परिचालन गरिरहेका छौं।त्यस्तै, जाजरकोटको खलंगामा केही घरहरू भत्किएको बारेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिनायट घर्तीले जानकारी दिए। सल्यान र रोल्पामा पनि केही घर भत्किएको त्यहाँका प्रहरीले बताएका छन्।
नगलगाड नगरपालिका ४ का वडाध्यक्ष बद्री पन्तका अनुसार उनको वडामा मात्र २४ भन्दा बढी घर भत्किएका छन् । मानवीय क्षतिको खबर भने नआएको उनले बताए।यो भुइँचालोको धक्का भारतको नयाँदिल्लीसम्म महसुस गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। त्यहाँ अहिलेसम्म कुनै क्षतिको विवरण भने आएको छैन।पश्चिम नेपालका विभिन्न ठाउँमा केन्द्रविन्दु रहेर केही समययता लगातार भुइँचालो गइरहेका छन्। त्यहाँ लामो समयदेखि ठूलो भुइँचालो नगएकाले ठूलो भूकम्पीय शक्ति थुप्रिएर रहेको भुकम्पबिद्दहरुले बताएका छन ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर