
काठमाडौं। युएईलाई हराउँदै नेपाल टी २० विश्वकपमा छनोट भएको छ। एसिया क्वालिफार्य अन्तर्गत शुक्रबार मुलपानीमा भएको खेलमा नेपालले युएईलाई ८ विकेटले हराउँदै अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी २० विश्वकपमा स्थान पक्का गरेको हो।
नेपाललाई विश्वकपमा पुर्याउन आसिफ शेखले अविजित ६३ रनको योगदान दिए। ५० बलमा उनले ६ चौका र २ छक्का प्रहार गरे। त्यस्तै कप्तान रोहित पौडेलले अविजित ३५ रन बनाए। २१ बल खेलेका रोहितले ३ चौका र एक छक्का प्रहार गरे। त्यसअघि कुशल भुर्तेल ११ रन र गुल्शन झा २२ रन बनाएर पेभेलियन फर्किएका थिए।त्यसअघि टस जितेर ब्याटिङ गरेको युएईले निर्धारित ओभरको खेलमा ९ विकेटको क्षतिमा १३४ रन बनाएको थियो। युएईका लागि व्रितियाले अर्धशतकसहित ६४ रन बनाए। ५१ बल खेलेका उनले ८ चौका र २ छक्का प्रहार गरे। त्यस्तै कप्तान मुहम्मद वासिमले २६ रन, अलिशान सराफुले १६ रन, आसिफ खानले १३ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्।
यता बलिङतर्फ कुशल मल्लले ३ विकेट लिए। त्यस्तै सन्दीप लामिछानेले २ र सोमपाल कामी र रोहित पौडेलले एक(एक विकेट लिए। टी २० विश्वकपको एसिया क्वालिफार्यसअन्तर्गत सेमिफाइनलमा नेपाल र युएई र ओमान र बहराइनको खेल भइरहेको छ। उता टियु खेल मैदानमा बहराइनले ओमानलाई १०७ रनको लक्ष्य प्रस्तुत गरेको छ।नेपालले यसअघि पनि सन् २०१४ मा टी २० विश्वकप खेलेको थियो। बंगलादेशमा सम्पन्न प्रतियोगितामा नेपालले अफगानिस्तान र हङकङलाई हराउँदै आयोजकसँग पराजित भएको थियो।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर