
बाजुरा:- त्रीवेणी नगरपालिका वडा नं. २ को आयोजनामा बृहत छतारा सांस्कृतिक कार्यक्रम हुने भएको छ ।संस्कृति संरक्षण स्रष्टाको सम्मान, छताराको पहिचान भन्ने मुल नाराका साथ कला संस्कृतिको जगेर्ना गर्ने उदेश्यले स्थानीय प्रतिभाको पहिचान र जिल्ला स्थित अग्रज कलाकारहरुको सम्मानका लागि कार्यक्रमको आयोजना गरिएको आयोजक मुल समारोह समितिका सचिब रंग नेपालीले जानकारी दिनुभएको छ ।
आयोजक मुल समारोह समितिका सचिव नेपालीका अनुसार यहीँ कार्तिक २२ र २३ गते दुई दिन बृहत सांस्कृतिक कार्यक्रम हुने बताइएको छ । कार्यक्रममा प्रकाश थापा लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने पनि नेपालीले जानकारी दिनुभयो । कार्यक्रममा अन्य कलाकारहरु हर्क खडायत, जनक कार्की, रंग नेपाली, जनक साउद (अछामी माग्ने बुढा), राजेन्द्र बाजुराली, लिला केशी, बिष्णु धामी, सुरेन्द्र रोकाया, डम्मर बिश्वकर्मा, रामचन्द्र बोहरा, लक्ष्मी नेपाली, सर्जन बुढा, रमेश सुनार, टेकराज वि.क, गणेश चौतारी, देव बोहरा र शान्ति वि.क, अंकुश बि.शि लगायत नृत्य प्रस्तुतीमा मदन सुनार, वीर बहादुर बिश्वकर्मा, राजु विक , कल्पना विक, संगिता बि.क।उषा, वि.क, सोनु वि.क, बिपना वि.क, र झरना वि.क लगायत अन्य स्थानीय कलाकाहरुले पनि प्रस्तुती रहने छ । सँगै स्थानीय झाकीहरु संगै स्थानीय लाइभ देउडा खेलाडी बीच लाइभ देउडा प्रतियोगिता हुने पनि आयोजकले जनाएको छ । कार्यक्रम वडा नं.२ मा रहेको चाल्नेगडामा हुनेछ ।
कार्यक्रमको मुख्य प्रायोजक त्रीवेणी नगरपालिकाको कार्यालय रहेको छ भने सहप्रायोजकमा त्रीवेणी नगरपालिका वडा. नं. १ र २ को वडा कार्यालय रहेका छन् । कार्यक्रममालाई भब्य र सभ्य बनाउनका लागि सबैले आआफ्नो ठाउँबाट सहयोग गर्न आयोजकले अपिल गरेको छ । यो संगै सहभागीताका लागि पनि आयोजकले अनुरोध गरेको छ । कार्यक्रमलाई शान्तिपुर्ण ढङ्गले सञ्चालन गर्नका लागि वडा भित्र पाँच दिन अगाडी नै मदिरा बिक्री वितरण र सेवनमा रोक लगाइने आयोजकले जनाएको छ ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर